लण्डन । कोभिड-१९ को दोस्रो लहरका कारण अक्सिजनको अभावमा कयौँले ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्यसमितिले १५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने भएको छ ।
समितिको आइतबार बसेको कोभिड राहत समितिको बैठकले १० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन नेपाल पठाउने निर्णय गरेको थियो तर दाताहरुले हालसम्ममा १५ वटा मेसीनका लागि सहयोग प्रदान गरेका छन् ।
ती मेसिनहरु गैरआवासीय नेपाली संघ युके तथा नेपाली राजदुतावाससंग सहकार्य गरी नेपाल पठाइने गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समितिकै अध्यक्ष छबिलाल अर्यालले जानकारी दिएका छन्।
स्कटल्याण्डमा रहेका गैर आवासीय नेपाली संघ, स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोसिएसन (एडिनवरा), ग्लासगो नेपाली एसोसिएसन (ग्लास्गो ), स्कट स्पोर्ट्स क्लब ( एडिनवरा), दियो क्लब बेलायत ( ग्लास्गो), नेपाली स्कटिस् सोसाइटी (ग्लास्गो ), हिमालयन कला र संस्कृति केन्द्र (एडिनवरा), फाईफ् नेपाली समुदाय (फाईप), नेपाली साऊथ साईद समुदाय, (ग्लासगो), नेपाली हिमालयन एसोसिएशन एबरडीन, हरियाली आमा समूह (ग्लास्गो), फोर्थ भ्यालि नेपाली संघ ( फलक्रिक), जीएस कला र संस्कृति (ग्लास्गो ), अर्गनाईजेसन फ़र नेपलीज कल्चर एन्ड वेलफ़ेयर (ओएनसीडब्लु ) (एवरडीन ) लगायतको संलग्नतामा कोभिड राहत समिति गठन गरिएको थियो ।
हालसम्ममा स्कटल्याण्ड कोभिड राहत समितिका तर्फबाट £2500.00, एनआरएनए स्कटल्याण्ड समिति £ 1500.00, छबिलाल अर्याल (अध्यक्ष) £ 700.00, शिवकान्त खराल (सदस्य) £700.00, कृष्ण देवकोटा ( सल्लाहकार) £700.00, नेपाली युथ स्कटल्याण्ड (संयोजक कल्याण अर्याल)£ 1400.00 सहयोग प्राप्त भएको बताइएको छ ।

अधिवक्ता खत्री एनआरएनका विषयमा कलम चलाउँछन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने