रोल्पा।त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । वडा नं २ मा आयोजित कार्यक्रममा उनीहरुलाई रु २५ लाख ४० हजार ४४८ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको हो ।
अग्निपीडितलाई सामग्रीसहितको सुरक्षित बास बस्नका लागि टेन्ट, कपडा, भाँडाकुँडा, विद्यार्थीका लागि कापीकलमसहितको झोला र नगद प्रदान गरिएको हो । रोटरी क्लब अफ महाबौद्ध पाटन, रोटरी इन्टरनेशलन ३२९२ नेपाल–भूटान, रोटरी क्लब अफ दरबारमार्ग काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ मेट्रो, रोटरी क्लब अफ ल ब्रान्च वर्ग अमेरिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त राहत सङ्कलन गरिएको थियो ।
नगद तथा जिन्सी सामान राहतस्वरुप सङ्कलन गरी अग्निपीडितलाई प्रदान गरिएको अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडाँैका सहसंयोजक ईश्वरी जिएमले जानकारी दिनुभयो । सोही अवसरमा गोरखा पब्लिक हस्पिटल दाङले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।
गोरखा ग्रुप र रिडी ग्रुपका अध्यक्ष तथा अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडौँका संयोजक मानबहादुर बुढा, सहयोग समितिका सहसंयोजक तथा राप्ती समाज युकेका सहकोषाध्यक्ष हरि बुढामगरको विशेष पहलमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग सङ्कलन गरिएको थियो । आगलागीका कारण सबै समान जलेर नष्ट भएपछि दैनिकी चलाउन मुस्किल भएका बेला पाएको सहयोगले आफूहरुलाई राहत मिलेकोे अग्निपीडित पार्वती सेनले बताउनुभयो ।
बस्ती नजिकैबाट सल्किएको आगलागीबाट चेत्रे, धानवाङ, कापडाँडा, पिराले, वुर्तिवाङ तथा रुन्टीगढी गाउँपालिका–९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट ३७ परिवारका १७० जना प्रभावित भएका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश