लण्डन । ब्रिटेन नेपाल प्रज्ञा प्रतिष्ठानले सन् २०२१ को विद्यावारिधि शोधपत्र पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानका अनुसार यसवर्ष सो पुरस्कार डा एमी लि जोनसन र डा कुमुद रानालाई प्रदान गरिएको छ । जोनसनलाई उहाँहरुको शोधपत्रको ‘विफोर बिलोङगिङ: सेटलर इमप्लेसमेन्ट इन द फारवेष्ट तराई’ र रानालाई ‘ट्रान्सन्याशनल एड्स नेटवर्क्स, रिजनल सोलिडारिटिज एण्ड द कनफिगरसेसन अफ मेल सेक्सुवालिटी इन नेपाल’ शीर्षकको खण्डलाई पुरस्कृत गरिएको हो ।
उहाँहरुलाई यही अप्रिल २३ का दिन युनिभर्सिटी कलेज लण्डनसितको सहकार्यमा आयोजना गरिएको नेपाल अध्ययन दिवसका अवसरमा पुरस्कृत गरिएको हो ।
जोनसनले अमेरिकाको याल युनिभर्सिटीबाट विद्यावारिधी गर्नुभएको छ भने रानाले युनिभर्सिटी अफ ग्लास्गोबाट ।
सो पुरस्कार छनौटका लागि डा जीवनराज शर्मा, डा बेन क्याम्पवेल र डा सपना विष्ट बस्नेत रहेको एक समिति गठन गरिएको थियो ।
समितिले मानार्थ उल्लेख डा हाना उप्रेतीको शोधपत्रलाई दिने निर्णय गरेको थियो। उप्रेतीले जर्मनीको युनिभर्सिटी अफ मन्स्टरबाट विद्यावारिधि गर्नुभएको छ।
पुरस्कारका लागि ११ वटा आवेदन गरेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले बितेका दुई वर्षभित्र मानविकी तथा समाज विज्ञान विषयमा विश्वका जुनसुकै विश्वविद्यालयबाट नेपाल र नेपाली साँस्कृतिक संसारका बारेमा विद्यावारिधि गरेकाहरुले सो पुरस्कारका लागि आवेदन गर्न पाउने छन् ।
पुरस्कारको राशी जनही २५० पाउण्ड रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष डा कृष्ण अधिकारीले उत्कृष्ट अनुसन्धान खण्डलाई पुरस्कृत गर्न सन् २०१७ मा सो पुरस्कार स्थापना गरिएको बताए । सन् २०२० देखि सो पुरस्कार पाउनेको संख्या थपिएको र विश्वभरबाट आवेदन गर्न सकिने गरी दायरा विस्तार गरिएको पनि उनले उल्लेख गरे । उनले आगामी दिनमा पनि पुरस्कारलाई निरन्तरता दिइने बताए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश