लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम्बोधन नगरिएको गोर्खा सत्याग्रह अभियानका संयोजक कृष्णकुमार राईले बताउनुभयो ।
ज्ञापनपत्रमा बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सनलगायतका मागलाई सम्बोधन गर्न नेपाल तथा बेलायती सरकारबीच एक वार्ता समिति गठन गर्न, वार्तास्थल तोक्न तथा वार्तासमेत शुरु गर्न माग गरिएको छ । पत्रमा आगामी जुलाई १ सम्ममा मागहरु सम्बोधन नगरिए आमरण अनशन बस्ने चेतावनी दिइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक