लन्डन । एनआरएनए युके अध्यक्ष पदका उम्मेदवार दीपक श्रेष्ठले साउथ इस्ट लन्डनको प्लमस्टिडमा अनलाइन सदस्यता फारम भर्न सहयोग गर्ने भएका छन ।
प्लमस्टिड हाइ स्ट्रिटस्थित अस्मिता एशोसिएट्सको कार्यालय रहेको भवनमा मंगलबारदेखि श्रेष्ठले केही कोठा लिएर फारम भर्न सहयोग गर्न लागेका हुन ।
एनआरएनए युकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको प्रवर्द्धनको उद्धेश्यका लागि उक्त कार्य गरिएको इंग्ल्याण्ड परिषद अध्यक्ष समेत रहेका एनआरएनए युके अध्यक्ष उम्मेदवार श्रेष्ठले बताए ।
उनका अनुसार कार्यालय हरेक दिन खुला रहनेछ । कार्यालयबाट एनआरएनए युकेको सदस्यता फारम भर्ने कार्यमा सहयोग गर्नका साथै संस्थासँग सम्बन्धित सबै जानकारी र सूचनाहरु वितरण गरिनेछ ।
एनआरएनए युकेले अहिले पहिलोपटक एमआइएस प्रविधिबाट सदस्यता वितरण गर्दैछ । ‘अनलाइनबाट सदस्यता लिने प्रक्रिया सहज रहेपनि विशेषगरी कयौं बुवाआमाहरुलाई अनलाइन फारम भर्न असहज बनेको महशुस भएको छ ’, अध्यक्ष उम्मेदवार श्रेष्ठले भने । उनकाअनुसार सदस्यता लिंदा कुनै समस्या परेमा वा अन्य कुनै जानकारी, परामर्श आवश्यक छ भने जो कसैले हाम्रो कार्यालयमा सम्पर्क राख्न सक्नु हुनेछ ।
सदस्यता फारम भर्न सम्पर्क कार्यालयमा आउंदा बैंक कार्ड आफ्नो परिचय खुल्ने फोटो आइडी, एड्रेस प्रुफ ( ड्राइभिङ लाइसेन्सले दुवै काम गर्ने ) र बैंक कार्ड समेत लिएर आउन आग्रह गरिएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश