काठमान्डौ । गत साता काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता ध्रुब दत्तले उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भएका छन् । अभिनेता ध्रुब दत्तले बेलायतमा निर्मित सर्ट फिल्म सहाराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । बेलायतमा रहेर कलाकारितामा सक्रिय कलाकार ध्रुब दत्तले तीन घुम्ती, आवेग, बिरताको चिनोलगायतका दर्जन बढी ठूलो पर्दाका फिल्मीमा अभिनय गरेका छन । कुशल अभिनय गरेर दर्शकको मन जित्न सफल अभिनेता दत्त प्रवासमा रहेर पनि निरन्तर रुपमा कलारितामा सक्रिय छन् ।
त्यस्तै अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अभिनेता खनालले पहिलो पटक निर्देशन मै यो अवार्ड जितेका हुन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथीले जितेको छ । स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले गत बैशाख १४ गते आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा १९ वटा सर्ट फिल्म सहभागी थिए ।
जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताए ।
त्यस्तै उत्कृष्ट सर्ट फिल्म कथाकारका रुपमा पुरु राईले अवार्ड हात पारे । बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त