लन्डन। बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ ।
नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड–१९ र अन्य रोग विरुद्धका खोप उत्पादनमा सघाउन भारतस्थित खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटलाई थप मद्दत गर्ने समेत उल्लेख छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार भएको भिडियो कन्फरेन्स बैठक अघि बेलायतका तर्फबाट यस्तो घोषणा गरिएको हो । यस बैठकमा दुई देशबीच स्वतन्त्र व्यापार सम्झौताका लागि सम्झौताहरु हुने अनुमान गरिएको छ ।
बेलायत सरकारले युरोपेली युनियनबाट अलग भएपछि विभिन्न देशसँग व्यापार बृद्धिका लागि सम्झौताहरु गर्न थालेको छ । सोमबार अबेर घोषणा गरिएको बेलायतको यस घोषणाले बेलायमा छ हजार ५०० भन्दा बढी रोजगारी सिर्जना हुने बेलायत सरकारको अपेक्षा छ ।
यस प्याकेज अन्तर्गत सेरमको बेलायतस्थित प्लान्टमा २४ करोड पाउन्ड स्टर्लिङ लगानी गरिने छ जसबाट क्लिनिकल ट्रायल, अनुसन्धान र खोप उत्पादनमा खर्च गरिनेछ । सेरम इन्स्टिच्यूटले कोडाजेनिक्ससँगको साझेदारीमा कोभिड–१९ विरुद्ध एक डोज लगाए पुग्ने खोपको विकास गर्न थालेको छ । नाकबाट दिइने यो खोपको परीक्षण प्रारम्भिक अवस्थामै रहेको छ ।
प्रधानमन्त्री जोन्सनले विज्ञप्तिमा भन्नुभएको छ, “बेलायत–भारत सम्बन्धका विभिन्न आयाम रहेझैं यस लगानीबाट दुई देशका हाम्रा जनतालाई थप बलियो र सुरक्षित बनाउने छ । यस लगानीबाट सिर्जना हुने ६ हजार ५०० नयाँ रोजगारीले बेलायती र भारतीय परिवारलाई लाभ पुग्नेछ ।”
बेलायत र भारतबीचको वार्षिक व्यापार करिब २३ अर्ब पाउन्डको छ । यो युरोपेली युनियनसँग बेलायतको व्यापारभन्दा ५ प्रतिशत मात्र कमी हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश