काठमाडौं। एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीबीच पार्टी एकताको वार्ता भएको छ। आइतबार बिहान बुद्धनगरस्थित नेकपा-माओवादीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच ६ बुँदे आधार पत्र र कार्यनीतिबारे खुला छलफल गर्ने सहमति भएको छ।
साथै बैठकले यसअघि वैद्य माओवादीका तर्फबाट प्रस्तुत भएको एकताको छ बुँदे आधारबारे थप छलफल गर्ने पहल गरेको बताइएको छ। छलफलका लागि एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु आइतबार बिहानै बैद्य माओवादीको कार्यालय बुद्धनगरमा पुगेका थिए ।
बैठकमा एकीकृत माओवादीको तर्फबाट दाहालका अतिरिक्त नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझीको सहभागिता थियो भने नेकपा-माओवादीबाट वैद्यका अतिरिक्त उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङको सहभागिता थियो।
वार्तामा एमाओवादी र वैद्य माओवादीका पदाधिकारीहरु सहभागी थिए । प्रचण्ड र बैद्य माओवादीले हालैमात्र दुबै पक्षका पदाधिकारी संलग्न रहेको वार्ता समिति समेत गठन गरेका हुन् ।
२०६ असार ४ गते तत्कालिन उपाध्यक्ष वैद्यले दाहालमाथि पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादी धारमा परिणत भएको आरोप लगाउँदै विभाजित गरेका थिए। साथै शान्ति र संविधानको बाटो असफल भएको उल्लेख गर्दै क्रान्तिको तयारी गर्नुपर्ने धारणा राख्दै आएको वैद्यले २०७० मंसिरमा भएको संविधानसभाको निर्वाचन बहिस्कार गरेका थिए।
पछिल्लो समय नेकपा-माओवादीले क्रान्तिको नेतृत्व गर्न नसक्ने ठहर गर्दै नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा (माओवादी) गठन गरेको छ । नेकपा माओवादीले शान्ति र संविधानको कार्यनीति पारित गरेपछि सानो ठूलो गरि ५ वटा पार्टी बनेको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते