काठमाडौं। एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीबीच पार्टी एकताको वार्ता भएको छ। आइतबार बिहान बुद्धनगरस्थित नेकपा-माओवादीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच ६ बुँदे आधार पत्र र कार्यनीतिबारे खुला छलफल गर्ने सहमति भएको छ।
साथै बैठकले यसअघि वैद्य माओवादीका तर्फबाट प्रस्तुत भएको एकताको छ बुँदे आधारबारे थप छलफल गर्ने पहल गरेको बताइएको छ। छलफलका लागि एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु आइतबार बिहानै बैद्य माओवादीको कार्यालय बुद्धनगरमा पुगेका थिए ।
बैठकमा एकीकृत माओवादीको तर्फबाट दाहालका अतिरिक्त नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझीको सहभागिता थियो भने नेकपा-माओवादीबाट वैद्यका अतिरिक्त उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङको सहभागिता थियो।
वार्तामा एमाओवादी र वैद्य माओवादीका पदाधिकारीहरु सहभागी थिए । प्रचण्ड र बैद्य माओवादीले हालैमात्र दुबै पक्षका पदाधिकारी संलग्न रहेको वार्ता समिति समेत गठन गरेका हुन् ।
२०६ असार ४ गते तत्कालिन उपाध्यक्ष वैद्यले दाहालमाथि पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादी धारमा परिणत भएको आरोप लगाउँदै विभाजित गरेका थिए। साथै शान्ति र संविधानको बाटो असफल भएको उल्लेख गर्दै क्रान्तिको तयारी गर्नुपर्ने धारणा राख्दै आएको वैद्यले २०७० मंसिरमा भएको संविधानसभाको निर्वाचन बहिस्कार गरेका थिए।
पछिल्लो समय नेकपा-माओवादीले क्रान्तिको नेतृत्व गर्न नसक्ने ठहर गर्दै नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा (माओवादी) गठन गरेको छ । नेकपा माओवादीले शान्ति र संविधानको कार्यनीति पारित गरेपछि सानो ठूलो गरि ५ वटा पार्टी बनेको छ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार