काठमाडौं। सरकारले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले दोस्रो चरणको आन्दोलन निस्तेज बनाउन योजना बनाउने भएको छ। त्यसका लागि आन्दोलनको समिक्षा र सुरक्षा तयारीका लागी गृह मन्त्रालयले पाँचै क्षेत्रका सुरक्षा प्रमुखहरुलाई काठमाडौं बोलाएको छ। 
३० दलिय मोर्चाले आव्हान गरेको आम हड्ताल सहितको आन्दोलनमा केन्द्रीत सुरक्षा रणनीति बनाउन गृहले क्षेत्रिय प्रशासक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका क्षेत्रिय प्रमुखलाई काठमाडौं बोलाएको हो।फागुन महिनाभर पहिलो चरणको प्रचारात्मक आन्दोलन गरेका विपक्षी मोर्चाले दोस्रो चरणमा क्रियात्मक आन्दोलन हुने जनाएको छ। त्यसका लागि आक्रामक सडक आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ।
संविधान निर्माणका लागी सत्ताधारी दलसँग वार्ता जारी रहेकै अवस्थामा एकिकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाले चैत ११ गते देखिको आन्दोलनमा सिठीजुलस, भाटे जुलुसदेखि आमहड्तालको कार्यक्रमसम्म रहेका छन्।
घोषित कार्यक्रममा चैतको १८ मा र २४ देखि२६ आमहड्ताल छ। आन्दोलनका क्रममा हुने गतिविधीसँगै आमहड्ताललाई असफल बनाउने रणनीति बुन्न गृहले आइतबार मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक डाँकेको छ ।
सो बैठकमा गृह मातहतका तीन सुरक्षा निकायका प्रमुख,नेपाली सेनाको प्रतिनिधी सहितको बैठक बस्दैछ। स्रोतका अनुसार गृहले पाँच क्षेत्र र उपत्यकाका सुरक्षा प्रमुखलाई आफ्नो क्षेत्रको अवस्था, आमहड्ताल असफल बनाउन अपनाउन सकिने रणनीति, आउनसक्ने सुरक्षा चुनौती र व्यवस्थापनबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान