
लन्डन । एनआरएन युकेको आगामी निर्वाचनमा जित रानाभाट महासचिवको पदमा उम्मेद्वारी दिने भएका छन ।
नयाँ नेतृत्वमा लागि एनआरएनए युके कार्यसमितिमा सचिव रहेका रानाभाटले आगामी कार्यकालमा महासचिवको उम्मेद्वार बन्न लागेका हुन्।
एनआरएनए युके कार्यसमितिमा अनुभव लिएका रानाभाटले महासचिव जस्तो कार्यकारी पदको जिम्मेवारी लिने ईच्छा राखेका छन । सामाजिक अगुवाहरुको साथ र सहयोगमा आफु अघि बढेको महासचिव पदमा उम्मेदवारी दिन लागेको रानाभाटले बताए । साउथ इस्ट लण्डनमा परिवारसहित बसोबास गरिरहेका रानाभाट सन् २००८ मा हाई स्किल भिजामा बेलायत आएका थिए ।
उनी एनआरएन युकेमा २०१७(१९ कार्यकालमा कार्यसमिति सदस्य र १९(२१ मा सचिव पदमा निर्वाचित भएका थिए । संस्थाको व्यापार प्रबर्द्धन विभागको संयोजकको जिम्मेवारी उनले सम्हालेका छन ।
कोरोना संक्रमणका बेला नेपाली समुदायलाई सहयोग गर्न एनआरएन यूकेले चलाएको हेल्पडेस्कमा संयोजकको भुमिका रानाभाटले लिएका थिए । आरजीएनएसको कोभिड सहायता र जनगणना अवारनेस अभियानमा पनि उनी संयोजक थिए । दुवैृ काममा उनले सकृय भुमिका निर्वाह गरेका थिए । कोभिड महामारीमा गरेको सहयोगको कदर गर्दै रानाभाटलाई बीबीसी रेडियो लन्डनले मेक अ डीफरेन्स हिरो को रुपमा कदर गरेको थियो । कोरोना संक्रमण नियन्त्रणका लागि खेलेको भुमिकाकै कारण ग्रिनविच र बेक्सली काउन्सिलबाट लकडाउन हिरोका रुपमा सम्मानित भएका थिए । आफ्नै व्यवसाय गर्दै आएका रानाभाटले नेपालको पोखरा युनीभर्सिटिबाट एमफिल सम्म अध्ययन गरेका छन ।
सामाजिक कार्यमा कृयाशिल रानाभाटले नेप्लिज प्रोफेसनल्स युके , यती नेपाली एशोसिएसन, क्षेत्री समाज युके , पशुपतिनाथ मन्दिर लगायतका संस्थामा काम गरेको अनुभव उनी सँग छ । रानाभाटले औपचारीक कार्यक्रम मार्फत महासचिव पदमा उम्मेदवारी घोषणा र प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जनाएका छन ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त