लण्डन । नेपालीहरुको बाहुल्य रहेको बेलायतको अल्डरसट क्षेत्रबाट बेलायतमा प्रतिनिधित्व गर्ने सांसद लियो डोकोर्टी बेलायतको कनिष्ठ रक्षा मन्त्री नियुक्त भएका छन् ।
तत्कालिन कनिष्ठ रक्षा मन्त्री जोनी मर्सरले मंगलबार पदबाट राजिनामा दिएपछि डोकोर्टीलाई सो पदमा नियुक्त गरिएको हो ।
कन्जरभेटिभ पार्टीबाट सन् २०१७ देखि सो क्षेत्रका सांसद रहेका डोकोर्टी स्थानीय नेपाली समुदायमाझ परिचित र लोकप्रिय छन् ।
पूर्व सैनिकसमेत रहेका डोकोर्टी सेवाकालमा इराक तथा अफगानिस्तानमा पनि खटिएका थिए । उनको ‘डिजर्ट एण्ड डेथ’ नामक पुस्तकसमेत प्रकाशित छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान