काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीले संस्थानले नयाँ मेडिकल कजेललाई सम्बन्धन नदिने बताएपनि आइतबारबाट आमरण अनसन शुरु गर्ने बताएका छन्। बिहीबार भएको बोर्ड फ्याकेल्टीको बैठकले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ। चार पटक अनसनमा बसिसकेका डा केसीले आफ्नो चेतावनीलाई अधिकारीहरुले कुनै चासो नदिएको भन्दै आफ्नो निर्णयमा अडिक रहेको बताएका छन्। सरकारले पुरा गर्नुपर्ने माग भन्दै केसीले दिएको १० दिने अल्टिमेटम शनिबार सकिदैछ।
‘फ्याकेल्टी बोर्डको निर्णय केही पनि होइन। विगत दुई वर्षमा उनीहरुले यसप्रकारको निर्णय चार पटक गरिसकेका छन्’ उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो बचनप्रति गम्भीर भएको पाइन। मसँग कुनै विकल्प बाँकी रहेन।’ मेडिकल कलेज स्थापनाको बारेमा नयाँ नीति नबहुन्जेलसम्म कुनै पनि सम्बन्धन नदिने प्रधानमन्त्री सुशील कोइरालाले प्रतिबद्धता पुरा नभएको गुनासो गरे। ‘तर उहाँ (कोइराला) ले शिक्षा मन्त्रालयलाई सम्बन्धन दिन चिठ्ठी लेखेका छन, कसलाई विश्वास गर्ने?’ उनको प्रश्न थियो। प्रधानमन्त्री कोइरालाले शिक्षा मन्त्रालयमार्फत विश्वविद्याललाई नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन निर्देशन दिएका थिए।
डा केसीले शुक्रबार मुख्य सचिव लिलामणि पौडेललाई आइतबारबाट आमरण अनसन शुरु गर्ने निर्णयमा आफू कायम रहेको जानकारी गराएका थिए। शुक्रबार नै मुख्यसचिव पौडेलले डा केसीलाई बधाई दिँदै फ्याकेल्टी बोर्डको निर्णय एसएमएस गरेका थिए। यसअघि डा केसीले मुख्य सचिव र प्रधानमन्त्री कोइराललाई दस बुँदे ज्ञापन पत्र बुझाएका थिए।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै