नयाँदिल्ली । कोरोना महामारीका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनन्सनको आगामी साता हुन गइरहेको भारत भ्रमण रद्द भएको छ । जोनन्सनले आगामी २५ अप्रिलदेखि भारत भ्रमण गर्ने तय भएको थियो ।
‘कोरोना महामारीका सिर्जित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दुवै पक्ष बेलायतका प्रधानमन्त्रीको आगामी साता हुने भनिएको भारत भ्रमण स्थगत गर्ने निर्णयमा पुगेक छन्,’ भारतको विदेश मन्त्रालयद्वारा विज्ञप्तीमा भनिएको छ । साथै दुवै पक्षले आगामी दिनमा भर्जुअल बैठकमार्फत् भारत–बेलायत सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउनका लागि नयाँ कार्यक्रमहरु ल्याइने समेत मन्त्रालयले जनाएको छ । कोरोना महामारीकै कारण देखाएर जोन्सनको निर्धारित भारत भ्रमणलाई दिल्लीमै सिमित गरिएको थियो ।
यसअघि भारतको गणतन्त्रको दिवसको अवसरमा २६ जनवरीमा पनि बेलायती प्रधामन्त्री जोन्सन दिल्ली आउने कार्यक्रम थियो । भारतले गणतन्त्रको दिवसको अवसरमा दिल्लीमा हुने विशेषकार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा जोनन्सनलाई निम्तो गरेको थियो । तर, त्यतिबेला बेलायतमा कोरोना संक्रमण बढेको भन्दै जोन्सन आफैले भ्रमण रद्द गरेका थिए ।
भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार मात्र २ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी १ हजार ६१९ जनाको मृत्यु भएको छ । जुन अहिलेसम्मकै बढी हो । संक्रमणले भयावह रुप लिएसँगै भारतको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ ।
कोरोना संक्रमण फैलनेक्रम तीव्र बनेपछि भारतको राजधानी दिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी थप एक साताका लागि कर्फ्यु घोषणा गरिएको छ । दिल्ली सरकारले संक्रमण रोक्न भन्दै शनिबार र आइतबार पनि कर्फ्यु लागू गरेको थियो । त्यसैगरी दिल्लीमा गत ६ अप्रिलदेखि आगामी ३० अप्रिलसम्मका लागि घोषणा गरिएको रात्रिकालीन कर्फ्यु कायमै छ ।
ईकान्तिपुरबाट
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर