अल्डरसट । बेलायतमा रेकी दीक्षा सम्पन्न भएको छ।
हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो युकेमा सम्पन्न भएको सो कार्यक्रम बिहान ८ बजे सुरु भई २ बजे समापन भएको थियो । यसपटक रेकी दीक्षा लिनेहरुमा विश्वेश्वर राई, दुर्गा थापा घर्ती, पूजा थापा र गोमा राना थिए ।
दीक्षा ग्रहणपछि अनुभव आदानप्रदान गर्ने क्रममा सबैले शरीर हल्का भएको महसुस हुनुका साथै मनमा आनन्द आएको बताएका थिए । लामो समयसम्म ध्यान आसनमा बस्न सक्ने अनुभव उनीहरुले बताएका थिए ।
योग प्रशिक्षक एवम् रेकी मास्टर नगेन्द्र नेम्बाङ्गले दीक्षा पछि रेकीको उत्पति र इतिहास रेकीको प्रणेता डा. मिकाउ उसुइ, डा. योगी विकाशानन्द गुरुमा कमलेस्वरीको परिचय गराउँदै रेकीबाट शारिरिक तथा मानसिक रोगलाई उपचार गर्ने विधि हिलिङ गर्ने तरिका, रेकीबाट हुने फाइदाहरु प्रस्ट्याएका थिए ।
रेकी हिलरहरुलाई रेकी प्रथमको प्रमाण पत्र पनि हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो युकेले प्रदान गरेको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश