केन्ट । डाटफोर्ड नेपाली समाज (डिएनसि) युकेले स्वस्थ जीवनको कामनासहित दौड/वाक प्रतियोगिता आयोजना गरि नेपाली नयाँ बर्ष २०७८ सालको शुभकामना आदान प्रदान गरेको छ । केन्ट बसोबास गर्ने नेपाली समुदायका करीव ७० जनाले दौड/वाक प्रतियोगितामा सहभागी भई शुभकामना आदान प्रदान गरेको हुन् ।
स्थानिय सेन्ट्रल पार्कमा सामाजिक दुरीसहित समुहगत रुपमा ६ जना सम्म एकै पटक भेटेर नेपाली नयाँ बर्षको शुभकामना समेत बाडेका थिए । आइतबार आयोजना गरिएको २१ हजार (हाफ म्याराथन) र १० हजार दौड/वाक गरि नया बर्ष मनाउने निर्णय डिएनले गरेको थियो ।
डिएनसि युके अध्यक्ष गजेन कटुवालले दौड /वाकमा सहभागीलाई शुभकामना दिएका थिए । उनले कोरोना महामारीका समयमा कार्यक्रम तयारीको लागि अहोरात्र खट्ने खेल संयोजक प्रकाश थापासहित टिमको प्रसंसा समेत गरे । दौड/वाकमा सहभागीहरुलाई डार्टफोर्डको सेन्ट्रल पार्कमा सामाजिक दुरी कायम गरि विहान १० बजेदेखि साढे ११ सम्म जुस, पानी पिउँने तथा फलफुल खाने व्यवस्था व्यवस्था गरिएको थियो । खेल संयोजक थापाले सहभागीहरुलाई धन्यवाद दिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश