लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ गर्दै नयाँ वर्ष २०७८ मनाएको छ ।
गत बुधबार दिउँसो २ बजे बिक्रम सम्वत २०७८ लाई बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने आयू पूजाको आयोजना गरी मनाइएको हो ।
विश्वभर छरिएर रहेको प्रत्येक मानव जातिको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायूको कामनासहित गुम्बा परिसरभित्र आयोजना गरिएको उक्त आयू पूजामा गुम्बाका धर्म गुरु टुल्कु रिन्पोछे जिग्मे र खेन्पो कुन्ख्यापले धार्मिक पूजा पाठ गरेका थिए । उक्त पूजामा खेन्पो कुन्ख्यापले आयू पूजाबारे जानकारी दिएका थिए । उक्त पूजामा १५० वटा भन्दा बढी दीप प्रज्ज्वलन गरिएको थियो भने करिब ४२ जना भक्तजनहरुले गुरु दक्षिणा तथा च्यारिटीका लागि आर्थिक सहयोग समेत गरेका थिए ।
भर्चुअली (जुम) रुपमा सम्पन्न उक्त पूजा तथा दीप प्रज्ज्वलनपश्चात शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, बीसीसी युके आमा समूह अध्यक्ष उर्मिला गुरुङ, आमा पूर्व अध्यक्ष ज्ञानुमाया गुरुङ लगायतले अहिलेको कोरोना महामारी र यसबाट उब्जेका असहज परिस्थितिहरुबाट चाँडै मुक्त होस् र सर्वप्राणीहरुमा सुख, शान्ति, समृद्धिको कामना गर्दै नयाँ वर्ष २०७८ को शुभकामना दिएका थिए ।
त्यस्तै, बीसीसी युके आमा समूहकी उपाध्यक्ष जगना गुरुङ, लालकुमारी गुरुङ, जयन्ती गुरुङ, सुन्दरी तामाङ्ग लगायतले गीत, कविता तथा मन्त्रमार्फत शुभकामना मन्तब्य व्यक्त गरेकी थिइन् ।
बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव क्या. देव घले र आमा समूहकी सचिव शारदा गुरुङले संचालन गरेका थिए ।
स्मरण रहोस्, आफ्नो भाषा, कला, धर्म र संस्कारको संरक्षण तथा सम्वर्धन गर्दै बौद्ध दर्शनलाई फैलाउने उद्देश्य अनुरुप स्थापना भएको बिसीसी युकेले थुप्रै च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ । साथै, उक्त पूजाबाट बचत भएको रकम समेत च्यारिटीमूलक कार्यमा खर्च गरिने बिसीसी युकेले जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]