काठमाडौं। तिलस्मी कथाहरुमा आधारित पुस्तकको श्रृङखा लेखेर विश्व प्रसिद्ध बनेकी स्कटिस लेखिका जे के रोलिङ काठमाडौं आएकी छन्। काठमाण्डौं आएपछि उनी ब्रिटिस स्कुलले आयोजना गरेको विद्यार्थीसँग अन्तक्रियामा सहभागी भइन् ।
आफ्नो स्कुलमा विश्व प्रसिद्ध लेखिका रोलिङ आउने खबरले विद्यार्थीहरुमा उत्साहको सीमा थिएन। उनीहरुको उत्साह ब्रिटिस स्कुलले आफ्नो वेबसाइटमा राखेका फोटोमा देख्न सकिन्छ।
उनी सो स्कुलको कार्यक्रममा सहभागी हुन बिहीबार साझ निजी विमानबाट काठमाडौं आएकी हुन्। सो स्कुलका विद्यार्थीहरुले उनको चर्चित उपन्यास ‘ह्यारी पोट्टर’ का विभिन्न चरित्र तथा पात्रको हाउभाउ देखाउंदै त्यस्तै कपडामा रोलिङलाई स्वागत गर्न आतुर थिए। रोलिङ आइतबारसम्म नेपाल रहने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
विद्यार्थीहरुले पुस्तक, जीवन, प्रेरणासहित विविध विषयमा सोधेको प्रश्नको जवाफ रोलिङले उत्साहजनक रुपमा दिएको ब्रिटिस स्कुलले जनाएको छ।
बेलायती सैनिक समुदायलाई निकट सम्बन्ध राख्ने बिएफबिएस् रेडियोसँगको अन्तर्वार्तामा रोलिङले काठमाडौंस्थित बेलायती दूतावासमा कार्यरत कर्णेल ह्यारिसको निम्तोमा नेपाल आएको बताएकी छिन्। निजी भ्रमणमा आएकाले उनको भ्रमणलाई निकै गोप्य राखिएको छ।
‘म पहिलोपटक नेपाल आएकी हुँ। म यहाँ आउनुको कारण के हो भने मेरा एकजना प्रिय र पुराना मित्र बेलायती दूतावासमा सुरक्षा अधिकारी हुनुहुन्छ- कर्नेल ह्यारिस। हामी उहाँलाई भेट्न आएका हौँ। मैले भन्नैपर्छ कि म यो सुन्दर ठाउँमा आउँदा निकै खुसी छु,’ अन्तर्वार्ताको क्रममा उनले भनेकी छिन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते