लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष सुनिल खड्काले आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । बेलायतमा सामाजिक अभियन्ताका रुपमा परिचित खड्काले कल्याणकारी संस्थाका रुपमा एनआरएनए युकेलाई विकास गर्न आफ्नो उम्मेदवारी अघि सारेका हुन ।
एनआरएनए यूके च्यारिटी विभागका संयोजकका रुपमा कार्यरत खड्काले संघको जुलाइमा हुने नयाँ नेतृत्व चयनका लागि नेपाली समुदायहरुलाई सार्वजनिक अपिल गरेका छन । ‘नेपाली समुदायका अगुवाहरु, आमावुवा, दिदीवहिनी र साथीभाइहरुबाट समर्थन र सहकार्य पाउने अपेक्षाका साथ अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, उनले भने ।
बेलायतस्थित नेपाली समुदायका अग्रजहरुको सुझाव र उपाध्यक्ष रहदा गरेका सामाजिक गतिविधिले अध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहित गरेको उनको भनाई छ । ’निस्वार्थ भावले मैले संस्थामा जति काम गरें, त्यो अझ पर्याप्त भए झैं लागेन । अब अध्यक्षको नेतृत्व लिएर यसलाई थप उचाई र अर्थ दिने मेरा योजनाहरु रहेका छन्’, खड्काले भनेका छन ।
अन्य उम्मेदवारहरुको तुलनामा खड्का च्यारिटी कर्ममा अझ बढी सक्रिय रहेकाले र बेलायतमा हुने हरेकजसो नेपाली समुदाय लक्षित कार्यक्रमहरु सक्रिय भइ लागीरहेकोले पनि नेतृत्व लिन उत्साहित भएको उनले बताए । ‘मलाई समस्त नेपाली समुदाय, मतदाता र सञ्चारकर्मीको साथ महत्वपूर्ण रुपमा आवश्यक पर्दछ । म उहाँहरु सम्पुर्णलाई आवश्यक सहयोग गरिदिन पनि अपिल गर्दछु’, उनले भने ।
उनी सदस्यता संख्या विस्तारमा सक्रिय भइरहेका छन् । संघभित्रको आन्तरिक विवादमा समेत आपसी एकतालाई जोड दिंदै नेपाल र नेपालीको हितार्थ पक्षधर खड्काले समाजलाई एक ढिक्का बनाउन, नेपालीका हक हितमा काम गर्न र मातृभूमिको समृद्धिका लागि वास्तविक नेपाली शक्ति परिचालनमा पनि संघको नेतृत्व लिन आवश्यक रहेको बताए । खड्का भन्छन्, ’मलाई केन्द्रमा गएर खादा माला लगाउनु पनि छैन् । राजनीति गर्नु पनि छैन् । न कसैको चाकडी गरेर पदमात्र ओगट्नु छ । म बरु सकेको समाजलाई दिन्छु ।’
वकिंगमा व्यवसाय संचालन गरिरहेका समाजसेवी खड्काको एनआरएनए अभियानमा लामो आवद्धता छ । न्यू हवेली रेष्टुरेन्ट, वेष्ट बाइफ्लीटका सञ्चालक खड्काले कोरोना संक्रमित बिरामीलाई बचाउन अग्रपंक्तिमा खटिएका डाक्टर, नर्ससहित प्रहरी र अन्य क्षेत्रका कामदारलाई हजारौको संख्यामा निशुल्क खाना खुवाएका थिए । स्थानीयस्तरमा विद्यार्थीहरु र कर्मचारीलाई निःशुल्क स्यानिटाइजरका बोतलहरु बाँडेका खड्काले चितवनस्थित मानवसेवा आश्रमलाई उनको निरन्तर आर्थिक सहयोग रहीआएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश