
लण्डन । चितवन एड ट्रस्ट (क्याट) युकेले नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा भर्चुअल शुभकामनासहित च्यारिटि सांगितिक साँझ गर्ने भएको छ । गत ४ अप्रिलमा अध्यक्ष जिवन सेनको अध्यक्षमा बसेको बैठकले भर्चुअल च्यारिटि गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी ४ जुलाईमा संस्थाको ९ औं अधिवेशन साउथ इस्ट लण्डनमा गर्ने निर्णय गरेको छ । अधिवेशनका लागि अध्यक्ष सेनलाई संयोजक समेत तोकेको छ । बैठकले संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, पुर्व अध्यक्ष राजेन्द्र खरेल, निवर्तमान अध्यक्ष देवेन्द्र श्रेष्ठ, पुर्व उपाघ्यक्षहरू टिका पौडेल र कृष्ण तिवारी सहितको ५ सदस्यीय निर्वाचन मण्डलको पनि चयन गरेको छ । निर्वाचन मण्डल मध्ये पुर्व अध्यक्ष राजेन्द्र खरेललाई निर्वाचन आयुक्तको जिम्मेवारी दिएको जानकारी क्याटका महासचिव तोयनाथ रिजाल (टिएन)ले बताए ।
बैठकले नेपाली नयॅा बर्ष २०७८ को उपलक्ष्यमा गरिने शुभकामना आदान प्रदान कार्यक्रमबाट उठेको रकम चितवनमा निर्माणधीन “अपांग मैत्री पुस्तकालय”का लागि खर्च गर्ने निर्णय गरेको छ । उक्त भर्चुअल शुभकामना सॅाझमा बिश्वभरका चितवनवासीहरूलाई समेट्ने अध्यक्ष सेन बताए । उक्त “अपांग मैत्री पुस्तकालय”को आर्थिक सहयोग संकलनको जिम्मा क्याट युके च्यारिटि अफिसर राजेन्द्र सुवेदीलाई संयोजनको जिम्मेवारी तोकिएको छ । उनले आवश्यकताअनुसार कमिटीलाई बिस्तार गर्न सक्ने अधिकार समेत दिइएको छ । बैठकले क्याटले गर्न लागेको परोपकारी कार्यक्रममा आफुले सकेको सहयोग गर्नु हुन आव्हान गरिएको छ ।
शैक्षिक तथा खेलकुद सामग्री सम्पन्न भवन निर्माण
यसैवीच, नेपाल जर्नि संस्थाले भरतपुर महानगरपालिकाले उपलव्ध गराएको जग्गामा करिब ३ करोडको लगानीमा शैक्षिक सामग्री, शारीरिक अभ्यासका सामग्रीहरू समेतको ब्यबस्था भएको सुबिधा सम्पन्न भबन निर्माण गर्न लागेको छ । बेलायतका लागि संस्थाका प्रोजेक्ट कोअर्डिन्टर एबम क्याट युकेका सल्लाहकार यादब श्रेष्ठसहित राजु आचार्य, बिष्णु लामिछाने , खिम गौतमले सो परियोजनाको लागि समन्वय गरेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश