
लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली समुदायहरुको साझा चौतारीका रुपमा रहेको सामाजिक प्लेटफर्म ‘बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु’ फेसबुकले विना सुचना आकस्मिक रुपमा बन्द गरिदिएको छ । नेपाली समुदायका स्थानीय सूचनाहरु आदानप्रदान गर्ने साझा प्लेटफर्मका रुपमा रहेको उक्त ग्रुप बन्द गरिदिएको एडमिन रहेका शिव पराजुलीले जनाएका हुन ।
गत मंगलबार बेलुकादेखि एकाएक फेसबुकले हटाएपछि पराजुलीले चिन्ता व्यक्त गरे । ,नेपाली समुदायका साँझा प्लेटफर्मका रुपमा फेसबुकमा रहेको ग्रुपलाई विना जानकारी हटाएकोमा आश्चर्यमा परेको छु, उनले भने, हाम्रो साझा चौतारीलाई किन यसरी हटाइयो । अहिले सम्म फेसबुकले जवाफ दिएको छैन ।
८ वर्ष अघि संचालनमा ल्याइएको उक्त ग्रुपमा बेलायतबासी २७ हजार नेपाली जोडिएका थिए । दैनीक एक सय बढि सदस्यले विभिन्न सूचना र जानकारीसहितका पोस्टहरु राख्थे, कतिपयले सूचना खोज्दै पोस्टहरु गर्थे । सान्दर्भिक पोस्टहरु मात्रै एड्मिनले एप्रुभ गर्थे र सबै मेम्बरहरुमाझ पुर्याउँथे ।
ग्रुप बन्द भएपछि उक्त ग्रुपका सदस्यहरुले जिज्ञासा राखेको एड्मिन पराजुलीले बताए ।
पराजुलीले फेरी ल्याए नयाँ ग्रुप
२७ हजार सदस्यहरु रहेको साझा प्लेटफर्म हराएपछि एड्मिन पराजुलीले सोहि नामको अर्को फेसबुक ग्रुप सञ्चालनमा ल्याइसकेका छन् ।’ बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु’ नामको नयाँ ग्रुपमा जोडिन उनले बेलायतवासी नेपाली समुदायहरुलाई अनुरोध गरेका छन ।
‘नयाँ ग्रुपमा जोडिनुहुन म सबैलाई आग्रह गर्दछु । पहिलाको ग्रुपमा जस्तै जानकारी र सूचनाहरु यो नयाँ ग्रुपबाट लिन वा शेयर गर्न सक्नुहुनेछ । हामी पुरानो ग्रुपबारे पनि बुझ्ने र सुचारु गराउने हरसम्भव कोशिस जारी राख्नेछौं’ , पराजुलीले भने ।
पुरानै ग्रुपका एड्मिनमा रहेका पराजुलीले सञ्चालनमा ल्याएको ग्रुप बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु को लिंकमा जान यहाँ क्लिक बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु गरेर ग्रुपमा जोडिन सकिनेछ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी