लण्डन । गैरआवासी नेपाली संघ (एनआरएनए) युके आर्थिक घोटाला छानविन विवाद औपचारिक रुपमा बेलायतको अदालतभित्र प्रवेश गरेको छ । एनआरएनए युके कार्यसमितिको बहुमतले गठन गरेको आर्थिक छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेको एक साता नबित्दै चार उपाध्यक्षहरुले जारी राखेको कानुनी लडाई अदालत भित्र प्रवेश गरेको हो ।
एनआरएनए युकेका उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की, नारायण कंडेल, पुर्वउपाध्यक्ष शेर सुनार र इंग्ल्याण्ड राज्य समन्वय परिषद् उपाध्यक्ष लालवहादुर गुरुङले संस्था भित्र भएका आर्थिक अनियमितताको छानविन गर्न कानुनी प्रक्रिया अघि बढाएका थिए । उनीहरुकै उजुरीका आधारमा ७ अप्रिलमा काउन्टी कोर्टमा आर्थिक अनियमितताको मुद्दा दर्ता भएको एनआरएनए युके उच्च स्रोतले वीनेपालीलाई जानकारी दिएको छ । आर्थिक मुद्दा अदालतमा औपचारिक प्रवेश गरेपछि अध्यक्ष पुनम गुरुङले कार्यसमितिको बैठक चाडै बोलाउने जानकारी सदस्यहरुलाई दिइएकी छिन ।
संस्थापन पक्षले पनि चार उपाध्यक्षहरुका विरुद्ध कानुनी लडाईका लागि ग्रीनवीच सोलिसिर्टस सँग परामर्श गर्ने जिम्मा अध्यक्ष पुनम गुरुङलाई दिएको थियो । दुवै पक्षवीच कानुनी प्रक्रिया अघि बढदै जादा चारै जनालाई स्पष्टीकरण सोधिएको थियो ।
यसअघि बसेको कार्यसमिति बैठकमा चार उपाध्यक्षहरुसहित ६ जनाले संस्थापन पक्षले विधान विपरीत तीन सदस्यीय संस्था भित्रको आर्थिक छानविन गर्न समिति गठन गरेको भन्दै गहामगर र कंडेलले फरक मत दर्ज गराएका थिए । संस्थापन पक्षले बहुमतका आधारमा गठन गरेको एनआरएनए युके आर्थिक अनियमितता छानविन समितिले समेत संस्थाभित्र आर्थिक अपचलन भएको स्वीकार गरेको थियो । चार उपाध्यक्षका असहमतिका बावजुद गठन गरिएको समितिले व्यक्तिको नाम किटान नगरेपनि संस्था भित्र आर्थिक अनियमितता देखिएको ठहरसहितको प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।
समितिमा चार्टर एकाउन्टेन्ट एलएन पाण्डे संयोजक, डा. मुकुन्द बास्तोला र बुद्धि गुरुङ सदस्य छन । उक्त प्रतिवेदनले मुख्य दोषीका रुपमा स्पष्ट रुपमामा कसैलाई किटान नगरि गोलमटोल जवाफ दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद