लन्डन । लण्डनको दक्षिण पुर्बमा बसोबास गर्ने नेपालीहरुको संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ (आरजीएनएस) को अध्यक्ष जीत रानाभाटसहित कार्यसमिति नै निर्विरोध छानिएको छ ।
आगामी नेतृत्वका लागि निर्वाचन गर्ने तयारीमा रहेको आरजीएनएसको सबै पदहरुमा विधान अनुसार नै उम्मेदवारी परेपछि अध्यक्ष पदमा रानाभाटलगायत सबै निर्विरोध भएका हुन् ।
रानाभाट आरजीएनएसको पुर्व उपाध्यक्ष हुन । उनी गैरआवासीय नेपाली संघ बेलायतमा पनि अहिले सचिव छन् । निर्वाचन समितिले बिहीबार दिउँसो प्रकाशित गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षसंगै १५ सदस्यीय कार्यसमिति निर्विरोध छानिएको छ । कार्यसमितिका दुई उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी, महासचिव मञ्जु भण्डारी छानिएकी छिन । यसअघि गुरुङ उपाध्यक्ष थिइन भने भण्डारी महासचिव थिइन ।
सचिवमा खेमराज रानाभाट, कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा छन् । सदस्यहरुमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डेको उम्मेदवारी परेको थियो । वाँकी चार सदस्य पदहरु पछि मनोनित गरिने छ ।
आगामी आइतबार
जुम मार्फत भर्चुअल रुपमा गरिने चौंथो अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । संस्थाका वार्षिक, आर्थिक प्रतिवेदनहरुका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल हुने कार्यक्रम छ । नयाँ कार्यसमितिको निर्वाचन कर्ण शाहीको संयोजकत्व, राजन खकुराल, सहदेव गिरी र श्याम शेरचन सदस्य छन् भने फडिन्द्र भट्टराई सदस्यसचिव छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक