लण्डन । गैरआबासीय नेपाली संघ (एनआरएनए) युके आइसीसी उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमण र जनगणनामा एनआरएनए युकेले खेलेको भुमिकाको प्रसंसा गरेका छन । एनआरएनए युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले आइतबार भर्चुअल रुपमा आयोजना गरेको जनगणना अभियान समापनमा बोल्दै डा. केसीले एनआरएनए युकेको कार्यको उच्च प्रसंसा गरेका हुन ।
‘कोरोना संक्रमणको महामारीमा समुदायमा गएर राहत बितरण गर्ने र जनगणनामा बेलायतस्थित नेपाली समुदायलाई अधिक सहभागी गराउन साहसिक काम गरेको छ’, उनले जुम मार्फत भएको अन्तरक्रियामा भने । गत २१ मार्चमा बेलायतमा राष्ट्रिय जनगणना गरिएको थियो । जसमा राज्य समन्वय परिषद्ले यहाँस्थित नेपाली समुदायले आफ्नो पहिचान स्वरुप नेपाली लेख्न संघसंस्था र सामाजिक अगुवाहरु संग मिलेर अभियान चलाएका थिए ।
उपाध्यक्ष डा केसीले गैरआवासीयलाई नेपाली नागरिकतामा अधिकार दिलाउने प्रयास जारी रहेको बताए । उनले डायस्पोराका नेपालीले नेपाली नागरिकताको अधिकार पाउने भएकाले ढुक्क हुन आग्रह गरे । समापन कार्यक्रममा परिषद्का सचिव गोविन्द खरेलले दुई महिनाका बिचमा परिषद्ले चरणबद्ध रुपमा गरेका कार्यक्रमको विस्तृत बिवरण पेश गरेका थिए । जनगणना सचेतता अभियानका संह संयोजक गजेन कटवालले बेलायतस्थित सामाजिक, जातीय र अन्य संघसंस्था समन्वय गरि जनगणनामा गरिएको कामका बारेमा जानकारी दिए । जनगणना सचेतना कार्यक्रमका मिडिया संयोजक तथा नेपाल पत्रकार महासंघ युके वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले जनगणनामा बेलायतस्थित नेपाली मिडियाले खेलेको भुमिका जानकारी गराएका थिए । उनले सामाजिक कार्यमा महासंघ युके संघसंस्थाहरु सँग हातेमालो गर्दै हिडन तयार रहेको बताए ।
इंग्ल्याण्ड राज्य समन्वय परिषद् तथा जनगणना सचेतता अभियानका संयोजक दिपक श्रेष्ठले भर्चुअल कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै सहकार्य गर्ने संघसंस्था र सामाजका अगुवाहरुको सहयोग जारी रहने अपेक्षा गरे । एनआरएनए युके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा जनगणना समापन कार्यक्रम चलिरहेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’