लण्डन । गैरआबासीय नेपाली संघ (एनआरएनए) युके आइसीसी उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमण र जनगणनामा एनआरएनए युकेले खेलेको भुमिकाको प्रसंसा गरेका छन । एनआरएनए युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले आइतबार भर्चुअल रुपमा आयोजना गरेको जनगणना अभियान समापनमा बोल्दै डा. केसीले एनआरएनए युकेको कार्यको उच्च प्रसंसा गरेका हुन ।
‘कोरोना संक्रमणको महामारीमा समुदायमा गएर राहत बितरण गर्ने र जनगणनामा बेलायतस्थित नेपाली समुदायलाई अधिक सहभागी गराउन साहसिक काम गरेको छ’, उनले जुम मार्फत भएको अन्तरक्रियामा भने । गत २१ मार्चमा बेलायतमा राष्ट्रिय जनगणना गरिएको थियो । जसमा राज्य समन्वय परिषद्ले यहाँस्थित नेपाली समुदायले आफ्नो पहिचान स्वरुप नेपाली लेख्न संघसंस्था र सामाजिक अगुवाहरु संग मिलेर अभियान चलाएका थिए ।
उपाध्यक्ष डा केसीले गैरआवासीयलाई नेपाली नागरिकतामा अधिकार दिलाउने प्रयास जारी रहेको बताए । उनले डायस्पोराका नेपालीले नेपाली नागरिकताको अधिकार पाउने भएकाले ढुक्क हुन आग्रह गरे । समापन कार्यक्रममा परिषद्का सचिव गोविन्द खरेलले दुई महिनाका बिचमा परिषद्ले चरणबद्ध रुपमा गरेका कार्यक्रमको विस्तृत बिवरण पेश गरेका थिए । जनगणना सचेतता अभियानका संह संयोजक गजेन कटवालले बेलायतस्थित सामाजिक, जातीय र अन्य संघसंस्था समन्वय गरि जनगणनामा गरिएको कामका बारेमा जानकारी दिए । जनगणना सचेतना कार्यक्रमका मिडिया संयोजक तथा नेपाल पत्रकार महासंघ युके वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले जनगणनामा बेलायतस्थित नेपाली मिडियाले खेलेको भुमिका जानकारी गराएका थिए । उनले सामाजिक कार्यमा महासंघ युके संघसंस्थाहरु सँग हातेमालो गर्दै हिडन तयार रहेको बताए ।
इंग्ल्याण्ड राज्य समन्वय परिषद् तथा जनगणना सचेतता अभियानका संयोजक दिपक श्रेष्ठले भर्चुअल कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै सहकार्य गर्ने संघसंस्था र सामाजका अगुवाहरुको सहयोग जारी रहने अपेक्षा गरे । एनआरएनए युके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा जनगणना समापन कार्यक्रम चलिरहेको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त