लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको नयाँ सदस्यताका लागि आवेदन अप्रिल १ देखि शुरु हुने भएको छ ।
कार्यसमितिको सोमबार बसेको बैठकले सो निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।
सदस्यता शुल्क १० पाउण्ड कायम गरिएको छ भने सदस्यता शुल्क संघको खातामा अनलाइन कारोबार मार्फत हुनु पर्नेछ । यस्तै, सदस्यता आह्वान एनआरएनए केन्द्रको सदस्यता प्रणालीअनुसार गरिनेछ । यसबाट पहिले जस्तो बोरा बोरामा सदस्यता ल्याउने प्रवृत्ति कम हुने अपेक्षा गरिएको छ ।
बैठकले एनआरएनए युकेमा आर्थिक अनियमितता भएको बारेमा अध्ययन गर्न गठित कार्यदलले दिएको प्रतिवेदनलाई ग्रहण गर्दै आवश्यक अध्ययनपछि संघले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ ।
संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको सो बैठकमा आइसिसीका महासचिव डा. हेमराज शर्मा, आईसीसी सस्यहरु रामशरण सिंखडा, शुसिला राई , दयानिधी सापकोटा, अर्कराज तिम्सेना, योगकुमार फगामी, सुरोज मास्केको पनि उपस्थिति रहेको थियो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान