लण्डन । कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गर्न बेलायत सरकारले चित्तबुझ्दो कारण बिना विदेश यात्रा गरेको खण्डमा ५ हजार पाउण्ड जरिवाना गर्ने प्रस्ताव गरेको छ ।
सरकारले तयार गरेको सो प्रस्तावमाथि यही विहीबार संसदमा मतदान हुने र अर्को सातादेखि कार्यान्वयनमा आउने छ ।
सरकारले घरमै बस्नु भनेर दिएको निर्देशन यही सोमबार सकिन लागेको अवस्थामा विदेश यात्रालाई निरुत्साहन गर्न नयाँ नियम ल्याउन लागिएको हो ।
बेलायतबाट अध्ययन, काम र उपचारबाहेक विदा मनाउन विदेश जान अहिले निषेध गरिएको छ भने अन्य मुलुकहरुबाट पनि पर्यटकहरुलाई बेलायत आउन बन्द गरिएको छ । बेलायती नागरिक वा बेलायतमा बसोबासरत व्यक्तिहरुका लागि पनि बेलायत प्रवेशमा कडा प्रावधानहरु राखिएका छन् ।
बेलायतमा समर आउँदै गरेको र सरकारले लकडाउन खुलाउन शुरु गर्दै गरेको अवस्थामा नागरिकहरुलाई विदेश यात्रामा कडाइ गरिएको छ । सरकारको पूर्व घोषित तालिकाअनुसार भयो भने १७ मेमा पहिलो पटक इङल्याण्डका बासिन्दाले विदेश यात्रामा जान पाउने छन् । तर युरोप लगायतका मुलुकहरुमा पुन संक्रमण फैलँदै गएकाले यसै भन्ने अवस्थामा भने छैन ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले भाइरसको आयात र नयाँ नयाँ भेरियन्टका कारण खोप कार्यक्रमलाई जोखिममा पार्नसक्ने भएकाले विदेश यात्रामा कडाइ गर्न परेको बताएका छन् । सरकारको सो कार्यलाई प्रमुख प्रतिपक्षी दल लेबोरले पनि समर्थन गरेको छ ।
सरकारको यो नियम बेलायतका विभिन्न आइल्याण्डहरु र आयरल्याण्डमा यात्रा गर्नका लागि भने लागू हुने छैन ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’