लण्डन । गैरआावासीय नेपाली संघ (एनआरएनए) युके कार्यसमितिले बहुमतका आधारमा गठन गरिएकोे तीन सदस्य समितिले रिपोर्ट कार्यसमितिलाई सुटु्क्क बुझाएको छ । एनआरएनए युकेका उपाध्यक्षहरुले विधान विपरीत एकलौटी ढंगले आर्थिक घोटाला छानविन समिति गठन भएको भन्दै असहमति जनाएपछि ‘विवादित’ बनेको समितिले दुई साता अघि रिपोर्ट बुझाएको हो ।
‘दुई साता अघि एनआरएनए युके कार्यसमिति अध्यक्ष पुनम गुरुङलाई छानविन प्रतिवेदन बुझाएका छौ’, संयोजक चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले वीनेपाली संग भने । उक्त निर्णयमा एनआरएनए युके उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की, नारायण कंडेल र एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद् उपाध्यक्ष एविजेट गुरुङले कार्यसमिति बैठकमा फरक मत राखेका थिए ।
गत सेप्टेम्बरमा बसेको एनआरएनए युके कार्यसमितिको पुर्ण बैठकले विवादका विच संयोजक चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डे र सदस्यद्वय डा. मुकुन्द बस्तोला र रि. मे. बुद्धि गुरुङ रहेको छानविन समिति गठन गरेको थियो । समितिले विगतमा एनआरएनए युके कार्यसमितिले र निर्वाचन समितिले गरेको खर्च तथा आर्थिक बिषयहरु सँग जोडिएका एक दर्जन भन्दा बढी व्यक्तिहरु सँग अन्तरवार्ता गरेको संयोजक पाण्डेले जनाए । उनका अनुसार छानविन समितिले हिसाब किताब, रिपोर्ट र कारवाहीका लागि सिफारिस समेत गरेको छ ।
५ वटा अलग अलग फाइलमा बनाइएको रिपोर्टमा छानविन समितिका तीनै जनाको सहमति रहेको छ । समितिले पुर्व अध्यक्ष योगकुमार फगामीदेखि निर्वाचन प्रमुख आयुक्त रि.मे डम्मर घलेसम्मको अन्तरवार्ता लिइएको बताइन्छ ।
यसैवीच, उक्त छानविन समिति गठन विधान विपरीत भएको भन्दै उपाध्यक्षहरु नारायण कँडेल, प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की, इंग्ल्याण्ड राज्य परिषद्का उपाध्यक्ष लालबहादुर गुरुङ्ग (एलबीजेड) तथा पूर्व उपाध्यक्ष शेरबहादुर सुनार समेतले आर्थिक हिनामिनाविरुद्ध कानुनी कारवाही अगाडी बढाए पनि हाल चुपचाप छन । एनआरएनए युके अध्यक्ष पुनम गुरुङले पनि कार्यसमिति बैठकबाटै कानुनी प्रक्रिया अघि बढाउन सोलिसिटर हायर गरेकी थिइन । दुवै पक्षको विवाद बढेर स्पष्टीकरण लिने र दिनेसम्म पुगेको थियो । उक्त स्पष्टीकरण प्रकरणपछि दुवै पक्ष मौन बसेका छन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश