लण्डन । एसिएन महिला एसोसिएसन (आमा) युकेले विविध कार्यक्रम गरी १११ ओैं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
कोभिड १९ का कारण भर्चुअल रुपमा मनाइएको सो कार्यक्रममा ‘आइएम वेलीमाया’ नामक वृत्तचित्र प्रदर्शन गरिएको थियो ।। सु कार्पेन्टरद्वारा निर्देशित सो वृत्तचित्रमा गरिब परिवारमा जन्मिएकी दलित महिला बेलीमायाको जीवन कथा समेटिएको छ ।
एसोसिएसनकी अध्यक्ष विभा गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा बेबारिसे शवको व्यवस्थापन गरेवापत बीबीसीले गत वर्ष सार्वजनिक गरेको १०० प्रभावशाली महिलामा पर्न सफल सपना रोकामगर, ब्रिटिश गोरखाको २०० वर्षभन्दा लामो इतिहासमा क्याप्टेन दर्जामा पुग्न सफल नेपाली महिला अंशु गुरुङ, बेलायतकी पहिलो नेपाली ब्यारिष्टर स्नेहा शाक्य श्रेष्ठ, वृत्तचित्रकी पात्र बेलीमाया नेपाली लगायतले नेपाली समाजमा महिलाहरुले भोग्दै आएका समस्या, संघर्ष, चुनौती, सम्भावना र अधिकारका बारेमा विचार राख्नुभएको थियो ।
कार्यक्रममा तमुधिँ युके आमा समूहकी अध्यक्ष सीता गुरुङले सपना रोकामगरको उच्चशिक्षाका लागि ५० हजार रुपियाँ सहयोग गर्ने बताएकी थिइन् । कार्यक्रममा तमुधिँ युके आमा समूहकी महासचिव यशोदा गुरुङले कार्यक्रममा शुभकामना दिएकी थिइन् ।
यस्तै बुद्धिष्ट कम्युनिटी सेन्टरकी अध्यक्ष उर्मिला गुरुङले बेलिमाया नेपालीलाई सहयोग गर्ने आश्वासन दिइन् भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेकी अध्यक्ष प्रमिला लाबुङ राईले पनि आफ्नो अनुभव सुनाएकी थिइन् ।
शनिबार र आइतबार प्रदर्शित सो वृत्तचित्रबाट ८०२ पाउण्ड संकलन भएको थियो ।
कार्यक्रममा सहयोगका लागि अतिथि वक्ताहरुका साथै रिक्लेमद फ्रेम कम्युनिटी फण्ड, गोरखा सर्भिसेज लिमिटेडकी सुमन पुन, सुधा गुरुङ, मन्जु राई, तमुधिँ युके आमा समूह, मोना युकेलगायतलाई आमा युकेले धन्यवाद दिएको छ ।
यस्तै आमा युकेले सपना रोकामगरको अध्ययनमा सहयोगका लागि गोफण्डमीमा सहयोग संकलन पेज पनि बनाएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश