लण्डन । नेपाली नेतृहरुले नेपालमा नारीहरुले अधिकारको लागि संघर्ष गर्नु पर्ने अवस्थाको अन्त्य नभएको जनाएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार आयोजित भर्चुअल जुम अन्तरक्रियामा नारी अधिकारका लागि संघर्ष जारी राख्नु पर्ने धारणा उनीहरुले राखेका हुन् ।
नेकपा निकट प्रवासी नेपाली एकता मंचले अन्तराष्ट्रिय नारी दिवस मनायो । नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य आफ्नो अधिकार स्थापित गर्न अझै सघर्ष गर्नु पर्ने बताइन । अन्तरक्रियामा सांसद अन्जना विशंखे, प्रदेश सभा सांसद मन्जु शाह, अनेमसंघ अध्यक्ष अमृता थापा, क्रान्ति बुर्लाकोटी, पंन्चा सिंहलगायतको सहभागीतामा भर्चुअल महिला दिवस मनाएको हो ।
नेता युवराज चौलागाई, नेता श्रीप्रसाद शाहलगायतले धारणा राख्नु भएको थियो ।त्यस्तै प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले महिला हक अधिकारका लागि राजनीतिक दलहरुले पनि सहयोग गर्नुपर्ने धारणा राखे ।
त्यस्तै, प्रवासी नेपाली एकता मंच युके (ओली समुह) द्वारा अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सोमबार आयोजित भर्चुअल अन्तरक्रियामा कृषि मन्त्रि पद्मा अर्यालले राजनीतिक दलहरुमा आधा स्थान महिलालाई दिनु पर्नेमा जोड दिइन । जुम अन्तरक्रियामा सांसद सुजिता शाक्य, सांसद विन्दा पाण्डे, अधिकारकर्मी डा. रेणु अधिकारी, मानव अधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधान, मंचका अध्यक्ष भक्त गुरुङ, कार्यक्रम संयोजक सरस्वती केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बिमला सेनेले संचालन गरेकी थिइन् ।
यस अघि एनआरएनए युकेले पनि नारी दिवसकै अवसरमा आइतबार एक जुम अन्तरक्रिया आयोजना गरेको थियो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान