लण्डन । बेलायतमा यही मार्च २१ मा हुन गइरहेको जनगणनामा नर्देन आयरल्याण्डमा बसोबास गर्ने नेपालीहरुलाई जानकारी दिन एक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कम्युनिटी नर्देन आयरल्याण्डकाे आयोजनामा भएको सो कार्यक्रममा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेका डा. कृष्ण अधिकारीले बेलायतमा अलग जातिय पहिचानका लागि नेपाली समुदायले गरेको प्रयासका बारेमा जानकारी दिनुभएको थियो । बेलायतका चार वटै राज्यमा बस्ने सबै नेपालीहरुको जनगणनामा सहभागिता उत्तिकै महत्वपूर्ण भएको त्यसो भएमा स्थानीय सरकारबाट प्राप्त हुने सेवा सुविधा पाउन सजिलो हुन सक्ने अधिकारीको भनाइ थियो ।
जनगणना कानुनी रुपमा बाध्यकारी भएको र जनगणनामा भाग नलिएको खण्डमा १ हजार पाउण्डसम्म जरिवाना हुनसक्ने तर्फ उहाँले सचेत बनाउनुभयो । जनगणनामा भरिएका विवरणहरु १०० वर्षसम्म कानुनी रुपमा सुरक्षित भएकाले ढुक्क भएर जनगणनामा भाग लिन पनि उहाँले अपील गर्नुभयो ।
नर्देन आयरल्याण्ड स्ट्याटिटिक्स एण्ड रिसर्च एजेन्सी (निस्रा) की प्रतिनिधि लुइस क्लार्कले नर्देन आयरल्याण्डमा हुन गइरहेको जनगणनाका बारेमा जानकारी दिएकी थिइन् । साथै उनले सहभागीले सोधेका विभिन्न प्रश्नको जवाफ दिएकी थिइन् ।
एनआरएनए युकेका उपाध्यक्ष नारायणदत्त कँडेलले बेलायतमा जातिय समूहका रुपमा अलग सूचीकृत हुँदै धेरै सुविधाहरु उपलब्ध भएको र नेपालीहरुको त्यस्तो जातिय समूह नहुँदामा त्यस्तो सुविधा नपाएको बताए। उनले जनगणनामा इथ्निसिटीको प्रश्नमा ‘नेपाली’ र मूल भाषामा ‘नेपाली’ लेख्न अनुरोध गरे ।
कम्युनिटीका अध्यक्ष बलबहादुर थापाको अध्यक्षता र सचिव पूर्णश्वर कँडेलले सन्चालन गरेको कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष नारायणदत्त कँडेल, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, फाइनान्सियल एडभाइजर विकास चुडाल, बीबीसी नेपाली सेवाका प्रथम सन्चालक पुरन अग्रवाल लगायत समुदायका अग्रजहरुको सहभागिता थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश