लण्डन । आगामी २१ मार्च बेलायतमा हुन लागेको जनगणनालाई प्रभावकारी रुपमा काम गर्न एनआरएनए युके इंग्ल्याण्ड राज्य परिषद्ले विभिन्न विधाहरुलाई समेटेर उपसमितिहरु निर्माण गरेको छ ।
अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले महिला, गोर्खा, युवा, क्षेत्रीय र जातिय संस्थाहरुलाई समेटेर उपसमितिहरु निर्माण गरेको हो ।
नवगठित उपसमितमा संघसंस्था समन्वय कोअर्डिनेसनमा इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष दीपक श्रेष्ठ, सहसंयोजकद्वयमा गजेन्द्र कटवाल र महेश अधिकारी, गोर्खा कोअर्डिनेटर महेन्द्र लिम्बु, हेल्प कोअर्डिनेटर पुण्य रेग्मी, सिनियर सिटिजन कोअर्डिनेटर कुमार श्रेष्ठ, मिडिया कोअर्डिनटर श्याम लुईटेल, मोवाइल सपोर्ट कोअर्डिनेटर विक्रम भट्टराई, इथ्निङक कोअर्डिनेटरमा रामधन राई, भोलिण्टियर कोअर्डिनेटर जीवन सेन, आईटी कोअर्डिनेटर ह्यारी गुरुङ, सहसंयोजकद्वयमा सन्तोष मण्डल, अभि महर्जन, वुमेन कोअर्डिनेटर प्रसुना कंडेल, युथ कोअर्डिनेटर अहिल्या कुँवर र सहसंयोजक गणेश खड्का छन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान