लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको महामारीका कारण विगत एक वर्षदेखि जारी लकडाउन अन्त्य गर्नका लागि चार चरणको योजना अघि सारेका छन् ।
उनले बेलायतको संसदमा सोमबार बोल्दै पहिलो चरणमा मार्च ८ तारिखदेखि इङल्याण्डमा सबै तहका विद्यालयहरु खुला गर्ने र पार्कहरु जस्ता सार्वजनिक स्थलहरुमा फरक घरका दुई जनालाई कफी पिउन वा पिकनिक गर्न दिने घोषणा गरेका छन् । यस्तै, पहिलो चरण अन्तर्गत मार्च २९ तारिखदेखि घरबाहिर दुई फरक घरका ६ जनासम्मलाई भेट्न पाउने छन् । यस्तै, टेबलटेनिस, बास्केटबलजस्ता खेल पनि खेल्न सोही दिनदेखि दिइनेछ ।
माध्यमिक तहका विद्यार्थीहरुले कक्षाकोठा र करिडोरहरुमा मास्क लगाउनु पर्ने बताइएको छ ।
दोस्रो चरणमा अप्रिल १२ देखि अत्यावश्यक बाहेकका खुद्रा पसलहरु, कपाल काट्ने सैलुनहरु, पुस्तकालय र संग्रहालयहरु पनि खुला हुनेछन् । यस्तै, बियर गार्डेन, मदिराजन्य पेयपदार्थको टेकवे, थिम पार्कहरु र चिडियाखानाहरु पनि सो दिनदेखि सन्चालन हुन पाउने छन् । स्वीमिङ पुलहरु, जिमहरु पनि सोही दिनदेखि खुला हुनेछन् । आफैँले बन्दोबस्त गर्ने होलिडे होमहरु, क्याम्पसाइटहरु पनि सोही दिनदेखि शुरु हुनेछन् ।
तर फरक घरका मानिहरुबीच घरभित्र भेटघाट गर्न भने दोस्रो चरणमा पनि अनुमति दिइएको छैन ।
प्रधानमन्त्री जोन्सनले अन्तर्राष्ट्रिय होलिडेका बारेमा अप्रिल १२ मा बताउने जानकारी दिएका छन् ।
नयाँ घोषणामा पनि अन्तिम सँस्कारमा ३० जना र विवाहमा १५ जनाको हदबन्दी कायम नै छ ।
तेस्रो चरणमा मे १७ देखि स्थिति राम्रो भएमा ६ जनामात्र भेट्न पाउने सीमा खारेज गरी ३० जनासम्म भेट्न पाउने व्यवस्था गरिने छ । दुई घरका मानिसहरु घरभित्र भेट्न पाउने छन् तर पवहरुमा भने ६ जनासम्म मात्र भेट्न पाइने छ । सिनेमा, होटल, खेलकुद, गीत सङ्गीत, नाटक देखाउने स्थानहरु पनि सामाजिक दुरी कायम गरी खोल्न पाइनेछ । १० हजार जनासम्म दर्शक भएका खेल तथा अन्य स्थानहरु सोही मितिदेखि खोल्न पाइने छ । मे १७ देखि विवाह, अन्तिमसँस्कार आदिमा ३० जनासम्म सरिक हुन पाउने छन् ।
सरकारले चौथो चरण जुन २१ देखि सबै किसिमका बाध्यात्मक व्यवस्थाहरु हटाउने योजना बनाएको छ । तर सरकारले तय गरेका योजनाहरु लागू हुनका लागि चार वटा शर्तहरु पूरा हुनुपर्ने पनि प्रधानमन्त्री जोन्सनले प्रष्ट पारेका छन् । जसमा योजना गरिएमुताबिक खोप अभियान अघि बढेमा, खोपका कारण भारइसबाट मानिसहरुको मृत्यु दर घटेको वा अस्पताल भर्ना हुने दर घटेको देखिएमा, संक्रमण दरले अस्पताल भर्नामा वृद्धि नदेखाएमा र नयाँ प्रजातिका भाइरसले लकडाउन गर्न बाध्य नगराएमा छन् ।
प्रधानमन्त्री जोन्सनले आज साँझ आफ्नो कार्यालयमा एक पत्रकार सम्मेलन गरी नयाँ व्यवस्थाका बारेमा विस्तृतमा बताउने योजना छ ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप