लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति पदमबहादुर गुरुङले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा लाग्न पूर्व गोरखा सैनिकहरुलाई आग्रह गरेका छन् ।
गुरुङले आज एक विज्ञप्ति जारी गर्दै ओली सरकारको सो कदम असंवैधानिक भएको र त्यसको घोर भर्त्सना गरेका छन् ।
बेलायत र नेपाल सरकारबाट गोरखाहरुमाथि गरिएका असमान व्यवहारका बारेमा नेपालदेखि बेलायतसम्म गेसोले मुद्दा उठाउँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा ओली सरकारको असंवैधानिक र राष्ट्रघाती कदमले गोरखा सैनिकहरु गम्भीर भएको बताइएको छ ।
जनताले ओली सरकारलाई पाँच वर्षको म्याण्डेट दिएकोमा त्यसलाई लत्याउँदै प्रतिनिधि सभा विघटन गरी ओलीले जनतालाई ऋणमा डुबाएको, गणतन्त्रको धज्जी उडाएको, शहिदको बलिदानको अपमान गरेको र राष्ट्रलाई भडखालोमा हालेको आरोप उनले लगाएका छन् ।
उनले गोरखाहरुलाई असंवैधानिक कदमको विरोधमा र संविधानको रक्षामा लाग्न अपील गरेका छन् ।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण