लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति पदमबहादुर गुरुङले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा लाग्न पूर्व गोरखा सैनिकहरुलाई आग्रह गरेका छन् ।
गुरुङले आज एक विज्ञप्ति जारी गर्दै ओली सरकारको सो कदम असंवैधानिक भएको र त्यसको घोर भर्त्सना गरेका छन् ।
बेलायत र नेपाल सरकारबाट गोरखाहरुमाथि गरिएका असमान व्यवहारका बारेमा नेपालदेखि बेलायतसम्म गेसोले मुद्दा उठाउँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा ओली सरकारको असंवैधानिक र राष्ट्रघाती कदमले गोरखा सैनिकहरु गम्भीर भएको बताइएको छ ।
जनताले ओली सरकारलाई पाँच वर्षको म्याण्डेट दिएकोमा त्यसलाई लत्याउँदै प्रतिनिधि सभा विघटन गरी ओलीले जनतालाई ऋणमा डुबाएको, गणतन्त्रको धज्जी उडाएको, शहिदको बलिदानको अपमान गरेको र राष्ट्रलाई भडखालोमा हालेको आरोप उनले लगाएका छन् ।
उनले गोरखाहरुलाई असंवैधानिक कदमको विरोधमा र संविधानको रक्षामा लाग्न अपील गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]