काठमाडौं। सविधानसभाका प्रमुख चार राजनीतिक शक्तिले नयाँ संविधानका विवादित अन्तर्वस्तुमा विषयमा सहमति खोज्ने जिम्मा प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको प्रमुख चार शक्तिको बैठकले कांग्रेस र एमालेका तर्फबाट प्रधानमन्त्री कोइराला र विपक्षी मोर्चाबाट दाहाललाई सहमतिको उपाय खोज्ने जिम्मेवारी दिएको हो । ‘दलीय सहमतिको विकल्प छैन, दुई नेता बसेर अबको बाटो खोज्नुहुन्छ,’ एमाले उपमहासचिव घनश्याम भुसालले वी नेपालीलाई भने ।
बैठकले दिएको जिम्मेवारीअनुसार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र विपक्षी मोर्चाका संयोजकसमेत रहेका माओवादी अध्यक्ष दाहालबीच आइतबार बिहान ८ बजे छलफल हुने भएको छ ।
बैठकमा कांग्रेस र एमालेका नेताहरूले शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीमा दलीय सहमति जु
टिसकेको बताउँदै त्यसलाई लिपिबद्ध गर्दै अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । सहमति जुट्न बाँकी रहेको संघीयताका विषयमा विभिन्न विकल्पसहित समाधान खोज्न सकिने उनीहरूको धारणा थियो । बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले संविधानसभा अन्तर्गतको राजनीतिक सम्वाद समितिमा कांग्रेस र एमाले पेस गरेको नौ बुँदे अवधारणालाई आधार बनाएर विवादित विषयमा सहमति खोज्नु पर्ने धारणा राखेका थिए ।
बैठकमा बन मन्त्री महेश आचार्यले दुवै पक्षले अघि सारेको विषयमा सहमति गरेर अघि बढ्नका लागि मिलनविन्दु खोज्नु पर्नेमा जोड दिएका थिए ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह