काठमाडौं। सविधानसभाका प्रमुख चार राजनीतिक शक्तिले नयाँ संविधानका विवादित अन्तर्वस्तुमा विषयमा सहमति खोज्ने जिम्मा प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको प्रमुख चार शक्तिको बैठकले कांग्रेस र एमालेका तर्फबाट प्रधानमन्त्री कोइराला र विपक्षी मोर्चाबाट दाहाललाई सहमतिको उपाय खोज्ने जिम्मेवारी दिएको हो । ‘दलीय सहमतिको विकल्प छैन, दुई नेता बसेर अबको बाटो खोज्नुहुन्छ,’ एमाले उपमहासचिव घनश्याम भुसालले वी नेपालीलाई भने ।
बैठकले दिएको जिम्मेवारीअनुसार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र विपक्षी मोर्चाका संयोजकसमेत रहेका माओवादी अध्यक्ष दाहालबीच आइतबार बिहान ८ बजे छलफल हुने भएको छ ।
बैठकमा कांग्रेस र एमालेका नेताहरूले शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीमा दलीय सहमति जु
टिसकेको बताउँदै त्यसलाई लिपिबद्ध गर्दै अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । सहमति जुट्न बाँकी रहेको संघीयताका विषयमा विभिन्न विकल्पसहित समाधान खोज्न सकिने उनीहरूको धारणा थियो । बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले संविधानसभा अन्तर्गतको राजनीतिक सम्वाद समितिमा कांग्रेस र एमाले पेस गरेको नौ बुँदे अवधारणालाई आधार बनाएर विवादित विषयमा सहमति खोज्नु पर्ने धारणा राखेका थिए ।
बैठकमा बन मन्त्री महेश आचार्यले दुवै पक्षले अघि सारेको विषयमा सहमति गरेर अघि बढ्नका लागि मिलनविन्दु खोज्नु पर्नेमा जोड दिएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते