काठमाडौँ। नेपाल र बेलायतले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदबीच आज अपराह्न भएको भर्चुअल बैठकमा बहुआयामिक नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उहाँहरुबीच आपसी सहयोग, जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना, कोभिड–१९ महामारीलगायत विषयमा पनि छलफल भएको थियो । बेलायती राज्यमन्त्रीले सगरमाथा संवाद तथा मन्त्री ज्ञवालीले यसै वर्ष बेलायतमा आयोजना हुने कोप–२६ बारेमा छलफल गर्नुभएको थियो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान