लण्डन । बेलायती रक्षा मन्त्रालयबाट सन्चालित बीएफबीएस गोरखा रेडियोको साहित्यिक कार्यक्रम ‘सृजनाका फूलहरु’ मा विश्व नेपाली साहित्य महासंघ बेलायत दक्षिण पश्चिम शाखाका सर्जकहरुले सिर्जना वाचन गरेका छन् ।
लोकप्रिय प्रस्तोता योगराज राईद्वारा सन्चालित सो कार्यक्रममा शाखाका प्रमुख सल्लाहकार तथा बिएफबीएस रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङ्ले विगतका आफ्नो अनुभव सुनाउदै खुशी ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा शाखाका अध्यक्ष लालसुन्दर राई, प्रमुख सल्लाहका खेम गुरूङ, भरत लोहोरूङ राई, जानु काम्वाङ लिम्बु, नानु थापा राना, गोमा राना, जित बुढाथोकी छन्त्याल, होम किराँत सुनुवार, मुकेश राई र सँगीतकार पदम गुरूङलगायतले आ-आफ्ना शुभकामना वा रचनाहरु सामूहिक रुपमा प्रस्तुत गर्दाको रोचक अनुभव सुनाएका थिए।
अन्त्यमा सन्सारभर प्रचलित नेपालीहरुको ढुकढुकी बिएफबिएस गोर्खा रेडियोलाई अध्यक्ष राईले विनेसामको तर्फबाट मुरीमुरी धन्यबाद ज्ञापन गर्नुभएको थियो।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश