लण्डन । कोभिड-१९ विरुद्धको नयाँ भ्याक्सिन (खोप) नोभाभ्याक्स ८९.३ प्रतिशत प्रभावकारी देखिएको छ । बेलायतमा गरिएको तेस्रो चरणको क्लिनिकल ट्रायलमा नोभाभ्याक्सको उक्त प्रभावकारिता देखिएको हो । संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको उक्त कम्पनीले जनाएको छ।
उक्त खोपले कोरोनाको नयाँ भेरियन्टका विरुद्ध समेत काम गर्ने बीबीसीले जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै नोभाभ्याक्सको सफलतालाई ‘राम्रो समाचार’ भनेका छन् । बेलायतको स्वास्थ्य र व्यूटीसम्बन्धी उत्पादनको निमायक संस्था मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलटरी एथोरिटी (एमएचआरए)ले दिन बाँकी रहेको छ ।
बेलायतमा सबैलाई खोप दिन चौतर्फी दबाब भोगिरहेको सरकारले आफ्नै देशको स्टकटन-अन-टिज शहरमा उत्पादन गरिने यस खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ। बेलायतको नियामक संस्था मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलटरी एथोरिटी (एमएचआरए)ले खोपको अनुमति दिए यसैवर्ष डेलिभरी हुने अपेक्षा सरकारको छ ।
बेलायतले युकेले अहिलेसम्म तीनवटा खोपलाई आपत्कालिन प्रयोगको स्वीकृति दिएको छ। ती अक्सफर्ड/एस्ट्राजेनिका, फाइजर/बायोएनटेक र मोडेर्ना खोपहरू हुन्। ती खोपहरु अहिले धमाधम लगाउने काम बेलायत सरकारले गरिरहेको छ ।
नोभाभ्याक्सका अनुसार जसमा १८ वर्षदेखि ८४ वर्ष सम्मका उमेर समूहका थिए । तीमध्ये २७ प्रतिशत ६५ वर्षभन्दा माथिका थिए । जहाँ थोरैमा गरिएको परीक्षणमा एचआइभी नभएका मानिसहरूमा त्यो ६० प्रतिशत प्रभावकारी देखिएको छ।
अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सका कार्यकारी प्रमुख स्टान इर्कले भने ‘बेलायतमा गरिएको क्लिनिकल ट्रायलले अनौठो र नयाँ आशा जगाएको छ । दक्षिण अफ्रिकामा जनतामा झनै धेरै आशा जगायो । उनले बीबीसीलाई भनेका छन्, ‘खोपको उत्पादन केन्द्र स्टकटन अन टिजलाई आगामी मार्च वा अप्रिलबाट हामी संचालनमा ल्याउँदै छौं । त्यहीं समयमा निमायक निकाय एमएचआरएबाट अनुमति पाउने आशा छ । धेरै प्रभावकारी र सुरक्षित कोभिड-१९ खोपका रुपमा रहेको नोभाभ्याक्सले बेलायतमा फैलिएको कोरोना भेरियन्टलाई नियन्त्रण गर्नेछ’, नोभाभ्याक्सका मुख्य अनुसन्धानकर्ता प्रोफेसर पाउल हिथले भने । नोभाभ्याक्स फ्रिजको नियमित तापक्रममा भण्डारण गर्न सकिनेछ।
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो