लण्डन । लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ ।
उहाँले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।
कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागु गरिएको छ । उहाँले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ ।
विश्वमै सवैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँको मृत्यु भइरहेको छ ।
आलोचकहरुले कडा लकडाउनको बेलामा प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
स्कटल्याण्डका मुख्यमन्त्री निकोला स्टरजेनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताउनुभएको छ । स्टरजेनले दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री जोनसनको भ्रमणको आलोचनाले चर्चा पाएको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश