बेलायतमा बेरोजगारी पाँचवर्ष यताकै धेरै

लण्डन । कोरोना भाइरसको महामारी शुरु भएपछि बेलायतकाे रोजगारीमा गम्भीर असर परेको छ ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको तथ्या‌ंकअनुसार अहिले बेलायतको बेरोजगारी दर पाँच प्रतिशत पुगेको छ । जुन बितेको पाँच वर्षयताकै उच्च रहेको बताइएको छ ।

ओएनएसका अनुसार २०२० को नोभेम्बर महिनामा कोरोना भाइरसका कारण लकडाउन शुरु हुनु पूर्व फेब्रुअरी महिनाको तुलना ८ लाख २८ हजार जनाले रोजगारी गुमाएका छन् ।

आर्थिक विश्लेषकहरुले अपेक्षा गरिएभन्दा कमले मात्र जागिर गुमाएको बताएका छन् । उनीहरुका अनुसार बेलायत सरकारले ल्याएको जागिर बचाउने योजनाले करिब २४ लाख (अक्टोबर सम्मको तथ्यांकअनुसार) मानिसहरुलाई बेरोजगार हुनबाट बचाएको छ । सो योजना मार्च मसान्तसम्म रहने बताइएकोमा आर्थिक विश्लेषकहरुको अनुमानमा सरकारले सो योजनालाई लम्ब्याउने छ ।

बेलायतमा अहिले प्रति १ हजार मानिसमा १४ जनाले जागिर गुमाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री