लण्डन । ब्रिटेन नेपाल प्रज्ञा परिषदले सन् २०२१ को विद्यावारिधि शोध पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ ।
परिषदका अनुसार विश्वका जुनसुकै देशबाट पुरस्कारका लागि आवेदन गर्न सकिने छ ।
परिषद्ले सन् २०१८ देखि सो पुरस्कारको शुरुवात गरेको हो । यसवर्ष दुई जना सम्मलाई पुरस्कृत गर्न सकिने बताइएको छ । पुरस्कारको राशी जनही २५० पाउण्ड रहेको छ ।
१५ जनवरी २०१९ भन्दा पछि विद्यावारिधीमा भर्ना भएका वा विद्यावारिधी उत्तीर्ण गरेकाहरुले सो पुरस्कारका लागि दरखास्त दिन पाउँछन् । यसभन्दा अघि पनि सो पुरस्कारका लागि आवेदन गरेका तर पुरस्कार नपाएकाहरुले नयाँ आलेखका साथ पुरस्कारका लागि आवेदन दिन पाउनेछन् तर उनीहरु पनि १५ जनवरी २०१९ पछि नै विद्यावारिधी गरेको हुनुपर्नेछ ।
पुरस्कारका लागि आवेदन दिँदा १० हजार शब्द सम्मको विद्यावारिधीको खण्ड, समीक्षाका लागि लागि पठाइएको लेख वा शोधपत्रका आधारमा प्रकाशित अनुसन्धानमूलक लेख पठाउनुपर्नेछ । शोध समाज विज्ञान वा मानविकीका साथै प्राविधिक क्षेत्र जस्तै जनस्वास्थ्य वा वनविज्ञानका क्षेत्रमा सामाजिक आयाम वा नेपाल र नेपाली सँस्कृतिका बारेमा लेखिएकाे हुनुपर्नेछ ।
इच्छुक आवेदकहरुलाई आवेदन दिन १५ मार्च सम्मको समय दिइएको छ । परिषदको पुरस्कार उपसमितिले विजेताकाे छनौट गरी १५ अप्रिलमा घोषणा गर्नेछन् । विजेतालाई अप्रिल २२ र २३ मा हुने नेपाल अध्ययन दिवसमा पुरस्कृत गरिने छ ।
पुरस्कारका लागि आवेदन गर्न इच्छुकहरुले [email protected] मा इमेल गरी आवेदन पठाउन सक्नेछन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश