लन्डन । सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक सरकारी एन्टिबडी परीक्षण तथ्याङ्कले देखाएको छ ।
वैल्समा प्रत्येक १० मा एक जना, उत्तरी आयरल्याण्डमा हरेक १३ मा एक र स्कटल्याण्डमा हरेक ११ मा एक जनामा सङ्क्रमण भएको हुनसक्ने बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) को तथ्याङ्कले देखाएको छ ।
बेलायतमा कोभिड–१९ को तेस्रो लहर छाएको छ र पछिल्लो समय देखिएका नयाँ प्रकारको भाइरस बढी सङ्क्रामक रहेको बताइएको छ । सङ्क्रमण र मृत्युका घटनामा बढ्दो समस्याले थप चुनौती सर्जिना गरेको र मुलुकमा दैनिक कोभिड–१९ सङ्क्रमितको मृत्युको उच्च सङ्ख्या हुनुमा नयाँ प्रकारको कोभिड–१९ को सङ्क्रमण फैलिनु भएको हुनसक्ने भन्दै स्वास्थ्य प्रमुखहरूले अस्पतालका सघन उपचार कक्षहरूलाई सचेत बनाएका छन् ।
ओएनएसका अनुसार जनवरीको पहिला ८ दिनमा समग्र मृत्युदर पाँच वर्षको औसतभन्दा ४५ प्रतिशत बढी थियो । जबकि केन्द्रीय तथ्याङ्क कार्यालयले छुट्टीको अवधिमा अस्वाभाविक वृद्धि भएकोप्रति पनि सचेत गराएको छ । विशेषगरी पछिल्लो लहरले गम्भीर नतिजा देखाएको लन्डनमा मृत्युको सङ्ख्यामा ८५ प्रतिशतले वृद्धि भएको छ । यो सोही हप्ताको ऐतिहासिक औसतको तुलनामा अस्वभाविकरूपमा बढी हो ।
क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिलले गत हप्ता सार्वजनिक रिपोर्टमा लन्डनमा सङ्क्रमित जनसङ्ख्याको अनुपात ३० प्रतिशत रहेको अनुमान गरेको छ ।
बेलायतले अहिलेसम्म कूल ९० हजारभन्दा बढीको मृत्यु भएको छ र यो महामारीका कारण धेरै प्रभावित मुलुकमध्ये अग्रस्थानमा पर्छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश