लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न विशेष महाधिवेशनमा एउटै प्रस्ताव लग्न सहमति बन्न लागेको छ । संघका पदाधिकारीहरु तथा परराष्ट्र मन्त्रालयमा उजुरी दिने पक्ष बीच पटक पटक भएका वार्ता सहमति नजिक पुग्न लागेको हो ।
संस्थापन पक्ष र असन्तुष्ट पक्षवीचका वार्तामा संघका अध्यक्ष कुमार पन्त, सल्लाहकार कुल आचार्य, उपाध्यक्षद्वय मन केसी, रवीना थापा, महासचिव डा. हेमराज शर्मा लगायतका पदाधिकारीसहित क्षेत्रीय संयोजक र आइसीसी सदस्यहरु सहभागी थिए ।
स्रोतका अनुसार सहमतिको खाका बनाउन उपाध्यक्ष मन केसी र पूर्व प्रवक्ता भुषण घिमिरेलाई जिम्मा दिइएको छ । उक्त सहमतिको खाकाअनुसार नै २३ र २४ जनवरीको विशेष महाधिवेशनमा एजेण्डा पेश गरिने गरि सहमतिको नजिक पुगेको एक पदाधिकारीले बताए । उनकाअनुसार विशेष महाधिवेशनमा विधान संशोधनका लागि भोटिङ नगर्ने र सहमतिमै निर्वाचन समिति, आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको टुंगो एक महिना अघि नै लगाउने लगायतका बिषयमा सहमति बन्नेछ ।
केही दिन पछि बस्ने अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) बैठकमा सहमतिको एजेण्डा पारित गरि विशेष महाधिवेशन गरिने बताइन्छ । एनआरएनए उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि सहमतिमा अघि बढन संघका अध्यक्ष कुमार पन्तलाई सुझाव दिएका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश