लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले इङ्ल्याण्ड र वेल्समा मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने भएको छ ।
सिएनएस युकेको हालै सम्पन्न बैठकले बेलायतमा नेपाली समुदायको पहिचानका लागि जनगणना महत्वपूर्ण अवसर भएकाले सोको उपयोगका लागि नेपाली समुदायलाई उत्प्रेरित गर्न सो अभियान चलाउने निर्णय गरेको हो ।
यसका लागि सिएनएस युकेले जनगणना सञ्चालन गर्ने बेलायती निकाय अफिस फर न्याशनल स्ट्याटिटिक्स, नेपाली दुताबास लण्डन, गैरआवासीय नेपाली संघ युके, नेपाल पत्रकार महासंघ युके लगायतका सामुदायिक संघ संस्थासित मिलेर सो अभियान चलाउने भएको हो । यसै सन्दर्भमा निकट भविष्यमा एक बृहत्तर राष्ट्रिय कार्यशाला आयोजना गर्ने सोच रहेको व्यहोरा संस्थाका कार्यकारी निर्देशक लोकेन्द्र पुरुष ढकालले जानकारी दिए ।
सो अभियानका लागि सिएनएस युकेले नरेश खपाङ्गीमगरलाई रिसर्च एसोसिएट नियुक्त गरेको छ । खपाङ्गीमगरले हालै बेलायतको किङ्ग्स कलेज लण्डनबाट ग्लोबल अफेयर्स विषयमा स्नातकोत्तर गरेका छन् । उनले न्याशनल इन्स्टिच्यूट फर हेल्थ रिसर्च र ब्राइटन एण्ड ससेक्स मेडिकल स्कुलले गरेको जातीय अल्पसंख्यकमा कोभिड-१९ असर विषयक अनुसन्धानमा पनि रिसर्च एसोसिएटका रुपमा काम गरेका थिए ।
स्मरण रहोस्, सिएनएस युकेले सन् २०११ को जनगणनामा पनि नेपाली समुदायलाई सहभागी गराउनका लागि विशेष अभियान सञ्चालन गरेको थियो । यसअघि सन् २००८ मा गैरआवासीय नेपाली संघ युकेसहित विभिन्न सामुदायिक संघसंस्थासंग मिलेर आफ्नै पहलमा बेलायतमा रहेका नेपालीहरुको तथ्यांकसमेत संकलन गरेको थियो । यी अध्ययनमा आधारित रहेर सिएनएस युकेले नेपालिज् इन युके: एन ओभरभ्यु (२०१२) लगायत थुप्रै पुस्तक तथा लेख रचना प्रकाशित गरेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश