लण्डन । बेलायतमा गत वर्ष दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा धेरै मानिसहरुको मृत्यु भएको पाइएको छ ।
बीबीसीका अनुसार गत वर्ष ६ लाख ९७ हजार मानिसको मृत्यु भएको थियो । सो संख्या विगत पाँच वर्षको मृत्युदरलाई विश्लेषण गरी गरिएको अपेक्षाभन्दा ९१ हजारले बढी रहेको बताइएको छ ।
सन् २०१९ को तुलनामा गत वर्ष मृत्यु हुनेहरुको संख्या १५ प्रतिशततले बढेको पाइएको छ । यतिको वृद्धि बितेको ७५ वर्षमै सबैभन्दा धेरै हो ।
बेलायत कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको ठूलो संख्या भएको देशमा पर्ने गर्छ ।
पछिल्लो समयमा झनै कोरोना भाइरसका नयाँ प्रकारले संक्रमण फैलँदै गइरहेको बेलामा यो वर्ष मृत्यु संख्या कति पुग्न अनुमान गर्न कठिन हुने अवस्था छ ।
बेलायतले कोभिड १९ लाई व्यवस्थापन र नियन्त्रण गर्ने कार्यमा अपनाइएका निर्णयहरुका बारेमा जनस्तरबाट छानविन गर्ने प्रतिवद्धता जनाइसकेको छ । सो समितिको रिपोर्टले कहाँनिर गल्ती भयो पत्ता लगाउला तर बितिसकेका मानिसहरुलाई भने फर्काउन सक्ने छैन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश