लण्डन । बेलायतमा अर्को सातादेखि ठूलो संख्यामा खोप दिनका लागि सातवटा खोप केन्द्र तोकिएका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताका अनुसार हालसम्म तय भएका खोप केन्द्रहरुमा रोबर्टसन हाउस स्टेभेनेज, एक्सेल सेन्टर लण्डन, द सेन्टर फर लाइफ न्यूक्यासल, द इतिहाद टेनिस सेन्टर म्यानचेष्टर, एप्सम डाउन रेसकोर्स सरे, आस्टोन गेट स्टेडियम ब्रिस्टोल र मिलिनियम प्वाइन्ट बर्मिङघम रहेका छन् ।
ती खोप केन्द्र अर्को सातादेखि सन्चालन हुने बताइएको छ । एनएचएसका कर्मचारी र स्वयंसेवकहरुद्वारा ती केन्द्रहरु सन्चालन हुने छन् ।
उता प्रेस एसोसिएनका अनुसार डार्बी एरेना, द ब्ल्याक कन्ट्री लिभिङ म्यूजियम डड्ली, मालभर्न थ्री काउन्टीज शोग्राउण्ड वोर्सेस्टरसायर,भिल्ला पार्क आस्टोन भिल्ला, लेस्टर रेसकोर्समा पनि खोप केन्द्र राख्ने छलफल भइरहेको छ ।
यसैगरी, मोरिसन सुपरमार्केटले पनि आफ्ना ५० वटा कार पार्कहरुमा ड्राइभ थ्रु खोप केन्द्र चलाउन दिने घोषणा गरेको छ । जसमध्ये योभिल, वेकफिल्ड र विन्सफोर्डमा सोमबारदेखि खोप केन्द्र सन्चालन हुनेछ ।
यसरी आफ्ना परिसरहरु खोप केन्द्र चलाउन अनुमति दिनेमा टोट्टनहाम फुटबल क्लव, रोयल भक्सौल टाभरन, जीएवाइ लगायतका व्यापारिक प्रतिष्ठानहरु छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले तेस्रो लकडाउनको घोषणा गर्दा मध्य-फेब्रुअरीसम्ममा अति जोखिममा रहेका सबैलाई खोप दिइसक्ने बताएका थिए । सो समूहमा करिब १ करोड ४० लाख मानिस छन् ।
हालसम्म युकेमा १३ लाख मानिसहरुलाई कोरोनाको खोपको पहिलो डोज दिइसकिएको छ ।
५९५ जीपीहरु र १०७ वटा अस्पतालबाट अहिले खोप दिने गरिएको छ ।
सरकारका खोप मन्त्री नदिम जहावीले भने करिब १ हजार वटा स्थानबाट अहिले खोप दिइरहेको दाबी गरेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश