लण्डन । कोरोना संक्रमणका कारण बेलायत सरकारले इङल्याण्डमा यस वर्षको ‘जीसिएसइ’ र ‘ए’ लेभलको परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।
बेलायतका शिक्षा मन्त्री गेभिन विलियमसनले बुधबार बेलायती संसदमा बोल्दै सो जानकारी दिएका हुन् ।
उनका अनुसार यसवर्ष विद्यालयहरुले नै विद्यार्थीहरुलाई अंक दिनेछन् ।
गत वर्ष पनि यी दुवै परीक्षाहरु रद्द गरिएका थिए र सरकारले तयार पारेको अलगोरिदमका आधारमा अंक दिएको थियो । तर व्यापक विरोधपछि शिक्षकले दिएको ग्रेडलाई मै मान्यता दिइएको थियो ।
‘अलगोरिदम भन्दा शिक्षकलाई नै हामी विश्वास गर्छौं’ उनले भनेका छन् ।
बेलायतमा विद्यालय तहको अन्त्यमा जीसिएसइ र कलेज तहको पढाइको अन्त्यमा ए लेभलको परीक्षा हुने गर्दछ ।
दुवै तहका ग्रेडका आधारमा कलेज तथा विश्वविद्यालयमा विद्यार्थीहरुले भर्ना पाउने भएकाले उनीहरुको जीवनमा महत्वपूर्ण स्थान राख्ने गर्दछ ।
वेल्समा यसअघि नै यस वर्षको ए लेभल र जीसीएसइको परीक्षा रद्द गर्ने निर्णय भइसकेको छ ।
स्कटल्याण्डमा पनि हायर, न्याशनल ५ र एडभान्स हायर परीक्षा रद्द भइसकेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश