
लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भर्चुअल रुपमा मनाउने भएको छ । २९९ औं पृथ्वीजयन्ती ११ जनवरी २०२१ मा बिहान जुम मार्फत मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन युकेका अध्यक्ष भरत क्षेत्रीले यस पटक नेपालबाट पनि वक्ताहरु समावेश हुने जानकारी दिएका छन । प्राय बेलायतस्थित वक्ताहरु मात्र संलग्न हुदै आएका एकता दिवसमा नेपालबाट कुनै पनि राजनीतिक दलमा संलग्न नभएका व्यक्तित्वहरु कार्यक्रममा निम्त्याइएको जानकारी उनले दिए । कोभिडका कारण जुममा कार्यक्रम संचालन हुने भएकाले नेपालबाट वक्ताहरु जोडिन सजिलो भएको छ ।
क्षेत्रीका अनुसार, एकता दिवमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, राजनैतिक विश्लेषक डा. सुरेन्द्र केसी, नागरिक समूह नेपालका अध्यक्ष निगम हुमागाईं, वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल (ओबीइ) लगायतका वुद्धिजिवीहरुको सहभागिता रहनेछ । संगठनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक मान्दै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सहभागिताका लागि अनुरोध गरेको छ । उक्त कार्यक्रमको जुम सवैलाई उपलव्ध गराइने छ भने लण्डननेपालन्युज डटकमले फेसवुकमा लाइभ गर्ने क्षेत्रीले बताए ।
भरत क्षेत्रले एक दशकदेखि पृथ्वी जयन्ती मनाउंदै आएका छन ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न