लण्डन । कोरोना भाइरसको संक्रमण तीव्रतर बन्दै गएपछि इङल्याण्डमा लकडाउनको घोषणा गरिएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सोमबार रातिदेखि लकडाउनको घोषणा गरेका हुन् ।
उनले देशवासीलाई नयाँ नियमको पालना गर्न अपील गरेका छन् । उनले अत्यावश्यकीय कार्यबाहेक घरमै बस्न अनुरोध गरेका छन् ।
नयाँ नियमले यसअघि इङल्याण्डमा रहेको टियर प्रणालीलाई हटाउने छ ।
इङल्याण्डबासीलाई यदि घरबाट काम गर्न नसक्ने अवस्थामा, अत्यावश्यक खाद्यान्न वा ओैषधि किन्न, शारीरिक कसरतका लागि, जोखिममा रहेका व्यक्तिहरुलाई हेरचाह गर्न र चिकित्सकीय भेट वा हिँसाबाट जोगिनका लागि मात्र घरबाट निस्कन मिल्नेछ । शारीरिक अभ्यासका क्रममा एकाघरमा बस्नेबाहेकका एक जनासित भेट गर्न पाइनेछ ।
यस्तै प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, कलेज र विश्वविद्यालय भोलिदेखि नै अनलाइनका माध्यमबाट हुनेछन् । तर नर्सरीहरु भने खुला रहनेछन् ।
इङल्याण्डमा यो तेस्रो राष्ट्रव्यापी लकडाउन हो । यो लकडाउन फेब्रुअरीको मध्यसम्म रहने बताइएको छ ।
उता स्कटल्याण्डमा पनि आज मध्यरातबाट नै लकडाउन लागू गरिएको छ । वेल्समा पनि जनवरी १८ सम्मका लागि सबै विद्यालयहरु अनलाइनमा सन्चालन हुने बताइएको छ ।
सरकारले ल्याएको नयाँ कानुनमाथि छलफल र मतदानका लागि बुधबार भर्चुअलरुपमा बेलायतको संसद बोलाइएको छ ।
बेलायतमा बितेको २४ घण्टामा मात्र करिब ५९ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको बताइएको छ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल