लण्डन । बेलायतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि त्यसलाई रोक्न थप सरकारले कडा निर्णय गर्न लागेको छ ।
विगत सात दिनदेखि कोरोना संक्रमितहरुको संख्या दैनिक ५० हजार भन्दा माथि पुगेको र अस्पतालमा भर्ना हुने क्रम पनि वर्षकै उच्च भएपछि सरकार त्यस्तो कानुन ल्याउन बाध्य भएको हो ।
बेलायती प्रधान मन्त्री बोरिस जोनसनले आज रात आठ बजे जनतालाई सम्बोधन गर्दै त्यससम्बन्धी घोषणा गर्ने बताइएको छ ।
नयाँ भाइरसकै संक्रमण द्रुत गतिमा हुन थालेपनि त्यसलाई रोक्न सरकारले नयाँ कानुन ल्याउन लागेको हो । उता स्कटल्यान्डले भने आज रातदेखि नै घरबाट बाहिर ननिस्कन नयाँ कानुन ल्याएको छ ।
सरकारले नयाँ कानुन ल्याएपछि बेलायतको संसदलाई बोलाइनेछ र सांसदहरूलाई बुधबार सरकारले ल्याएको नयाँ कानुनमा मतदान गर्ने मौका दिइनेछ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ