लण्डन । बेलायतले पनि आज (सोमबार)देखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको खोप दिन शुरु गरेको छ ।
बेलायतको अक्सफोर्डसायरस्थित चर्चिल अस्पतालमा एक ८२ वर्षीय पुरुषलाई सबैभन्दा शुरुमा सो खोप दिइएको हो ।
ब्रायन पिकर नाम गरेका उनी मिर्गौलाका बिरामी हुन् । उनले सामान्य अवस्थामा फर्कने एक मात्र उपाय खोप लगाउनु रहेको प्रतिक्रिया दिएका छन् । खोप लगाएपछि आफ्नो ४८ ओैं विवाह उत्सवका लागि आशावादी रहेको उनले बताएका छन् ।
अक्सफोर्ड र आष्ट्राजेनिककाको खोप यो साता करिब ५ लाख मानिसलाई दिने योजना छ । त्यसका लागि सो खोप यस सप्ताहान्तमा नै अस्पताल तथा जीपीहरुमा पुर्याइसकिएको छ ।
अक्सफोर्ड र अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो ।
यसअघि बेलायतले फाइजर र बायोएनटेकको खोपलाई स्वीकृति दिएको थियो । सो खोप हालसम्म १० लाख मानिसहरुलाई दिइसकिएको बताइएको छ ।
निकै सस्तो र वितरणमा निकै सहज मानिएको अक्सफोर्ड र आष्ट्राजेनिकाको खोप कोरोना भाइरसविरुद्धको लडाइँमा प्रभावकारी हुने अनुमान गरिएको छ ।
बेलायतको स्वास्थ्य सेवाका चिकित्सकीय महानिर्देशक प्रोफेसर स्टेफेन पोविसले इतिहासकै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको बताएका छन् ।
बेलायतले खोप लगाउनका लागि ७३० वटा खोप केन्द्र स्थापना गरिसकेको छ भने यसै साताभित्र १ हजार पुर्याउने योजना बनाएको छ ।
बेलायतले अक्सफोर्डको खोप १० करोड डोज अर्डर गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा