लन्डन । नेप्लिज ब्रिटिस कम्युनिटीको दशौँ वार्षिक साधारणसभाले राजेन्द्र ओझालाई निर्विरोध रुपमा संयोजक चयन गरेको छ । आइतबार जुम मार्फत भएको साधारण सभाले ओझाको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिमा चयन गरेको हो । साधारणसभाले आइतबार नै २५ जना ट्रस्टीहरु निर्विरोध निर्वाचित भएका छन् । संस्थाका नवनिर्वाचित संयोजक ओझाले नवनिर्वाचित कार्यसमितिको तर्फबाट प्रतिवद्धता मन्तव्य राख्दै सदस्यता बढाउने र च्यारिटी घरबाट नै सुरु गर्ने योजना सुनाए । उनले संस्थाका सदस्यहरु परिवार र साथीभाइलाई प्रत्यक्ष लाभ दिने एक नमुना संस्थाको रुपमा बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यसमितिको बैठकले रबिन्द्र अधिकारीलाई सचिव र खेम राज जोषीलाई कोषाध्यक्षमा चुनेको छ । कार्यसमितिमा ओझा (संयोजक) रबिन्द्र अधिकारी (सचिव) खेम राज जोसी (कोषाध्यक्ष) संस्थाका नवनिर्वाचित ट्रस्टीहरु लेखनाथ घिमिरे, समिर नाथ प्याकुरेल, किरण अधिकारी, कुल सिक्देल, प्रभु न्यौपाने, दिपेन्द्र लामिछाने, दामोदर आचार्य, राम सुन्दर साह, संजिव घिमिरे, ऋषि खनाल, सुरज कार्की, चुरामणि रेग्मी, तेज माया रेग्मी, प्रसुन राना, मुना पौडेल, सुमन चन्द्र गुरुङ, भन बहादुर चन्द, भगवती रानाभाट, बसन्त नेपाल, हरि भण्डारी, डा. जगन कार्की, निवर्तमान अध्यक्ष मिलन घिमिरे , पूर्व संयोजकहरु कमल पौडेल, गंगा राना, सदस्य भगवती रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि, संस्थाका अध्यक्ष मिलन घिमिरेले संस्था १० वर्ष पुगेको अवसरमा सहयोगीहरुप्रति आभार व्यक्त गरे । उनले सबैलाई नयाँ वर्षको शुभकामना पनि दिए। संस्थाकी संस्थापक सदस्य मुना पौडेलले सबैलाई स्वागत गरेकी थिईन् । संस्थाको कार्यसमितिको तर्फबाट समिरनाथ प्याकुरेलले मन्तब्य राखेका थिए । संस्थाका सचिव चुरामणि रेग्मीले कार्यकाल भरि गरेका विभिन्न गतिबिधिको प्रतिवेदन पेस गरेका थिए । साथै, गत बर्षको कार्यक्रमहरुको सम्पूर्ण कार्य बिवरण प्रस्तुत गरिएको थियो । संस्थाको नयां वेबसाइट बनाइएको, भाइबर ग्रुपमा डाटा सुरक्षाको लागि हदैसम्मको सावधानी अपनाइएको जानकारी उनले
दिए । संस्थाका कोषाध्यक्ष ऋषि खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाको कोषमा पाउन बाँकी रहेको रकम समेत गरेर ९ हजार ६८ पाउण्ड रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । च्यारिटी बिभागका संयोजक लेखनाथ घिमिरेले बिधान संसोधन सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए । बिधानमा संस्थाका सदस्य समिर नाथ प्याकुरेलले वातावरण र वन्यजन्तु संरक्षणलाई पनि संस्थाको उद्देश्य राख्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत्तिले पारित भएको थियो । निर्वाचन समितिका संयोजक बासु लामिछानेले निर्वाचनका सम्पूर्ण कार्यबिधि पढेर सुनाएका थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश